लुम्बिनी अञ्चल अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना
बुटवल, २५ वैशाख । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । हिंसा प्रभावितलाई स्वास्थ्य उपचार गर्नका लागि सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो ।
उक्त सङ्कट व्यवस्थापन केन्द्रबाट यस क्षेत्रका १३ जिल्लाका हिंसापींडितको स्वास्थ्य उपचार गरिनेछ । विभिन्न प्रकारका हिंसाबाट पींडितको कानुनी प्रक्रिया पु¥याएर स्वास्थ्य सेवा दिइने लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र सञ्जेल क्षेत्रीले जानकारी गराएका छन् ।
सङ्कट व्यवस्थापन केन्द्रबाट उपचार सेवाका लागि अहिलेलाई दुईवटा श्ययाबाट सेवा शुभारम्भ गरिएको र मागअनुसार श्यया सङ्ख्या पछि थप गर्न सकिने अस्पतालले जनाएको छ । हिंसामा परेका व्यक्तिलाई केन्द्रबाट परामर्श, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनःस्थापना गरिने बताइएको छ । स्वास्थ्य उपचार, चिकित्साजन्य प्रमाण, संरक्षण, मानसिक एवम् मनोवैज्ञानिक परामर्श दिइनेछ ।
जिल्ला समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको अध्यक्षतामा भएको एक कार्यक्रमको आयोजना गरी अस्पतालले लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापनाबारे जानकारी गराएको हो । रासस
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>