‘योगालाई खेलकुदसँग जोडिने’ ः मन्त्री श्रीपाइली



Download our app to get more features

काठमाडौँ, २५ वैशाख । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले योगाको माध्यमबाट व्यक्तिको शरीरमा स्वस्थता आउने तथा मानसिक एकाग्रता हुने भएकाले सरकारले योगालाई खेलकुदसँग जोड्ने योजना बनाएको बताएका छन् । 

नेसनल स्पोर्टस काउन्सिलले आयोजना गरेको प्रथम साउथ एसियन योगा च्याम्पियनशीप–२०१७ को आइतबार ललितपुरमा उद्घाटन गर्दै उनले असल आचरण भएका खेलाडी नै देशको राम्रा खेलाडी बन्न सक्ने बताए । 

सो मन्त्रालयका सचिव महेशप्रसाद दाहालले योगाले व्यक्तिलाई आत्मनुशासनमा बाँध्ने बताए । इण्डियन योगा स्पोर्टस् फेडरेसनका वरिष्ठ उपसभापति सुरजपाल सिंह तथा उपसभापति सुरेन्द्रसिंह चौहानले योगाले नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई जनस्तरमा प्रगाढ बनाएको धारणा राखे । 

यही वैशाख २६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपाल, पाकिस्तान, भारत तथा बङ्गलादेशका गरी १६० जनाले प्रतिस्पर्धा गर्ने बताइएको छ । रासस
 

Last modified on 2017-06-15 10:15:07

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts