महिला स्वास्थ्यमाथि फ्रान्समा बन्दै छ नयाँ कानुन, दुब्ली मोडेलमाथि लाग्ने छ प्रतिबन्ध
फैशन जगतमा दुब्ली महिलाहरु निकै लोकप्रिय मानिन्छन् । तर, अब तिनै महिला मोडेलमाथि प्रतिबन्ध लाग्ने भएको छ । फ्रान्समा महिला स्वास्थ्यलाई लिएर नयाँ कानुन लागु गरिएको छ । जस अन्र्तगत निकै नै दुब्ली मोडेलहरुमाथि प्रतिबन्ध लाग्न सक्छ । फ्रान्समा लागु हुने यो स्वास्थ्य नियमले अब दुब्ली मोडलहरुलाई सहभागि गराएर कुनै पनि किसिमको पैmशन प्रतियोगिताहरु हुन पाउने छैनन् । फ्रान्स सरकारका अनुसार, एनोरेक्सिया नामक रोगबाट बच्नका लागि यो कानुन ल्याइएको छ ।
यो नयाँ कानुन अनुसार, आवश्यकता भन्दा बढी दुब्ली मोडेलहरु अबदेखि कुनैपनि फैशन कार्यक्रममा भाग लिन सक्ने छैनन् । त्यति मात्र नभई, यो नयाँ कानुनको उल्लघंन गर्ने वाली कम्पनीहरुमाथि ७५ हजार यूरो जरिवाना वा ६ महिनासम्म जेल सजाय हुन सक्ने प्रावधान तय गरिएको छ ।
किन ल्याइयो यस्तो कानुुन ?
फ्रान्सको स्वास्थ्य मन्त्रालय सँग सम्बन्धीत व्यक्तिहरुका अनुसार, महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर यो कानुन ल्याइएको हो । किनकी त्यहाँका महिलाहरु एनोरेक्सिया रोगबाट प्रभावित हुनेहरुको संख्या ४० हजारको हाराहारीमा रहेको छ । जसमा ९० प्रतिशत महिलाहरु बढी प्रभावित भएको देखिएको छ ।
यो नयाँ कानुन लागु भइसकेपछि कुनैपनि कार्यक्रममा सहभागिता जनाउन मोडेलहरुलाई अब चिकित्सक सँग प्रमाणित गराएको प्रमाणपत्र दिनुपर्नेछ । जुन प्रमाणपत्रमा उनको सम्पूर्ण शारिरीक सवस्थ्य ठिक छ भनेर उल्लेख गरिएको हुनेछ । साथै उनको उचाइ अनुसारको तौल भएको प्रमाण पनि दिनुपर्नेछ ।
यो कानुन ल्याउने फ्रान्स पहिलो देश होइन । फ्रान्स भन्दा पहिले स्पेन, इटली र इजराइल जस्ता देशमा पनि यो कानुन लागु भइसकेको छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>