यमनमा झाडापखालाका विरामीको संख्या बढ्दै, दुईको मृत्यु
साना (यमन), २४ वैशाख । यमनमा झाडापखालाका विरामीको संख्या बढ्दै गएको छ । गत एक हप्तामा मात्रै ६९ जना झाडा पखालाका नयाँ विरामी सरकारी अस्पतालको सम्पर्कमा आएको अस्पताल स्रोतले जनाएको छ ।
राजधानी सानामा रहेको राज्यद्वारा सञ्चालित यमन अस्पतालमा आएका बिरामीमध्ये दुई जनाको मृत्यु भएको अस्पतालका अधिकारीले जनाएका छन् । गत अप्रिल २८ देखि मे ४ तारिखसम्ममा झाडापखालाका विरामीको सङ्या बढेको अस्पतालका निर्देशक नसर अल कदासीले जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठनले गत अक्टोबरमा ५१ जना झाडापखालाका विरामी यमनको सरकारी अस्पतालको सम्पर्कमा आएको जनाएको छ । यमनमा स्वास्थ्य संवन्धी धेरै समस्या रहेको पनि सङ्गठनले उल्लेख गरेको छ ।
अरवी मुलुक यमनमा विगत दुई वर्षदेखि द्वन्द्व चलिरहेको छ । द्वन्द्वका कारण अहिलेसम्म झन्डै १० हजार जनाभन्दा बढीको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित भएको मानवअधिकारीबादी संस्थाले जनाएका छन् । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>