टेकु अस्पतालमा झुण्डिएर बिरामीले गरे आत्महत्या
काठमाण्डौं, २३ बैशाख । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन् ।
एचआईभीको उपचार गराइरहेका हेटौंडा घर भई भक्तपुर बस्दै आएका ३७ वर्षिय कुल्लेराम प्रजापतिले आत्महत्या गरेको हुन् । उनले गए रातीे शौचालयमा बेडको तत्नाले घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।
उनी गत बैशाख १८ गते अस्पताल भर्ना भएका थिए । आत्महत्यापछि राती नै प्रहरीले उनलको शव लगेको छ ।
Last modified on 2017-06-15 10:26:50
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>