क्यान्सर पत्ता लगाउने यस्तो टेस्ट, एक थोपा रगतबाटै पत्ता लाग्छ क्यान्सरको प्रकार



Download our app to get more features

क्यान्सर भनेको तपाईँ हामी सबैलाईका लागि चिरपरिचीत रोग हो । एकदमै खतरनाक रोग मध्ये एक हो क्यान्सर । क्यान्सर रोग पत्ता लगाउन अहिलेको समयमा धेरै प्रविधिहरु पनि आइसकेको छ । यसैबीचमा चीनका वैज्ञानिकहरुले क्यान्सर सम्बन्धी एउटा नयाँ प्रयोग पत्ता लगाएका छन् । यो प्रयोगको माध्यमले विभिन्न प्रकारका क्यान्सरको डाइग्नोज गर्न सकिन्छ । यो प्रयोगको विशेष कुरा भनेको लामो प्रक्रिया नभई मात्र रगतको एक थोपाले नै क्यान्सर बारे पत्ता लगाउन सकिन्छ ।

यो प्रयोग चिनको सिन्हुुआ यूनिभर्सिटीका स्कूल अफ लाइफ साइन्सेजले आविष्कार गरेका हुन् । यस प्रयोगको माध्यमले Hsp90a protein को एउटा टेस्ट किट हुन्छ जसको क्लिनिकल प्रयोग गरिनेछ । 

यो टेस्ट यूनिभर्सिटीका लियु योङजाङ र उनका टिम ले विकसित गरेका हुन् । लियु र उनका टिमले आर्टिफिशियल Hsp90a protein बनाएका छन् जसले प्रोटिनहरुलाई पुनः संगठित (Regroup) गर्ने काम गर्छ जसको मद्दतले क्यान्सरको पहिचान गर्नमा सहयोग हुन्छ ।

यो टेस्ट किटको प्रयोग चीनको आठ वटा अस्पतालमा २ हजार ३ सय ४७ बिरामीमाथि गरिएको थियो । यो विश्वमै गरिएको पहिलो प्रयोग हो जसले क्यान्सरको पहिचान गर्नमा सफल भएको छ । यो सफल प्रयोगपछि अब सर्टिफाइडका लागि चिन प्रतिक्षामा छ । चिनको यो किटले मान्यता पाएपछि यसलाई चीन र यूरोपको बाजारमा ल्याइने छ ।


निकै नै भयानक रोग क्यान्सरका कारण सन् २०१५ मा विश्वभरिमा करिब ९ करोड मानिस पिडीत थिए । एक अध्ययनका अनुसार क्यान्सर कै कारण प्रत्येक वर्ष १ करोड ४ लाख मानिस क्यान्सरबाट ग्रसित हुन्छन् भने १५ प्रतिशतको क्यान्सरले गर्दा ज्यान जाने गरेको छ । चिनको यो किट आयो भने बेलैमा क्यान्सर पत्ता लाग्छ र उपचार गरेर मानिसको ज्यान जोगिन सक्छ । 
 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-15 10:31:32

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts