दुर्गमका डाक्टरको अनुभव : यस्तो सुविधा भए मात्र प्रभावकारी उपचार संभव (भिडियो सहित)



Download our app to get more features

सामान्य उपचारको अभावमा दुर्गम भेगमा धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । नेपालको सन्दर्भमा गुणस्तरीय उपचारमा कमी हुनुको प्रमुख कारण बनेको छ, भौगोलिक बिकटता । दुर्गम क्षेत्रका मानिसलाई सहजै स्वास्थ उपचार दिलाउन के गर्नु पर्ला ? लामो समय दुर्गम क्षेत्रमा काम गरेका डाक्टर दिपकराज पन्तको अनुभव र सुझाब यस्तो छ :

नेपालको अधिकांश भुभाग दुर्गम छ । दुर्गममा स्वास्थ्य सेवा मात्र हैन हरेक क्षेत्रमा समस्या छ । भौगोलिक बिकटता, अशिक्षा, अन्धविश्वास र रुढीवादी सोच हावी भएकाले पनि तुलानात्मक रुपमा दुर्गम क्षेत्र पछाडी परेको छ । स्वास्थ्य मानिसको नैसर्गिक अधिकार र आधारभूत आवश्यक्ता हो । तर दुर्गम क्षेत्रमा यस्तो सेवा प्रभावकारी बन्न सकेको छैन । यसो नहुनुमा सरकार, अस्पताल, चिकित्सक र स्थानीय सबै पक्षको आ–आफ्नै कमी कमजोरीहरु छन् ।

विशेष गरेर दुर्गम क्षेत्र अस्पतालमा यस्ता समस्या छन् :
कुनै पनि अस्पतालको भवन राम्रो हुँदैमा स्वास्थ्य सेवा राम्रो हुन्छ भन्ने छैन् । त्यहाँ आवश्यक सबै कुरा परिपूर्ण भएमा मात्र सेवा राम्रो दिन सकिन्छ । 

  • विविध कारणले दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सक जान नमान्नु ।
  • बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गर्ने व्यवस्था नहुनु ।
  • अस्पतालसम्म यातायात सञ्चालनको राम्रो सुविधा नहुनु । 
  • आवश्यक औजार तथा उपकरण नहुनु ।
  • जनतामा रोग लागे अस्पताल जानुपर्छ भन्ने भावना भन्दा धामी झाक्रीमा विश्वास गर्ने बानी बढी हुनु ।
  • जनचेतनाको कमी ।
  • राजनीतिक दल तथा स्थानीयको अनावश्यक  हस्तक्षेप । 

निम्न कुरा सुधार गरे दुर्गमका अस्पतालमा राम्रो स्वास्थ सेवा दिन सकिन्छ :
दुर्गम क्षेत्रका नागरिको स्वास्थ प्रति सरकारी स्तरबाट नै विशेष प्रथामिकता दिनुपर्छ । यस्ता स्थानमा रहेका अस्पतालहरुमा यातायातको सुविधा राम्रो बनाउनु पर्छ । सुविधा सम्पन्न अस्पताल, दक्ष चिकित्सक, नर्स साथै आवश्यक उपकरणहरुको व्यवस्था गर्नुपर्छ । साथै दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकहरुको लागि प्रोत्साहन तथा सुरक्षाको पूर्ण अनुभुती दिन सके यस्ता अस्पतालमा चिकित्सकहरु टिकिरहन सक्छन् ।

अर्को कुरा स्थानीय जनतामा स्वास्थ्य सम्बन्धी जनचेतना भए मात्र सबै कुरा संभव छ, रोग लाग्ने वित्तिकै अस्पताल जानु पर्छ भन्ने जनचेतना अभिवृद्धि गर्नु अति आवश्यक देखिन्छ । सरकार, अस्पताल सञ्चालक तथा प्रशासन, चिकित्सक र स्थानीयको सही तालमेल र समन्वय हुन सके मात्र दुर्गम क्षेत्रका अस्पतालमा प्रभावकारी स्वास्थ सेवा दिन संभव छ । 

भिडियो हेर्नुस् । 

Last modified on 2017-06-15 10:32:07

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts