आज्मा(दम) र नियन्त्रणका उपाय



Download our app to get more features

हामी साधारणतया दम भन्नाले सास फेर्न हुने कठिनाइलाई बुझ्छौं । यसका विभिन्न कारण हुन्छन् । यसको प्रमुख कारणमा श्वास फेर्ने नली, फोक्सो, मुटु, मिर्गौला, रगतको समस्या आदि पर्ने भए पनि दम भन्ने शब्दले श्वास नलीको समस्याका कारण उत्पन्न हुने श्वास प्रश्वासको कठिनाइलाई जनाउँछ । सीओपीडी (COPD) र आज्मा (Asthma) दमका प्रमुख कारण हुन् ।

सीओपीडीः

धुमपान गर्ने, धेरै धुँवा भएको ठाँउमा बस्ने मानिसमा सीओपीडीको समस्या बढी देखिन्छ । प्रायः ४० वर्ष नाघिसकेका मानिसमा यो रोग देखिन्छ र श्वासप्रश्वासको समस्या क्रमशः बढ्दै जान्छ । रोग लागेको थाहा पाएपछि पनि धुमपान गर्ने एवं धेरै धुँवा भएको स्थानमा बस्नेहरुमा यो समस्या छिटै बढेर जान्छ र श्वासप्रश्वासको संक्रमणले यसलाई थप जटिल अवस्थामा पुर्याउँछ । 

आज्माः

यस लेखमा विशेष जानकारी दिन खोजिएको विषय भने आज्मा हो । आज्मा प्रायः कम उमेरका मानिसमा देखिन्छ र साना उमेरका नानीहरुमा पनि यो रोग देखिन सक्छ । विश्वमा सातदेखि दस प्रतिशत मानिस आज्माबाट प्रभावित भएको अनुमान छ । यसको अर्थ हरेक एकसय जनामा सातदेखि दस जना यस समस्याबाट प्रभावित छन् ।

आज्माको कारणः

यसको वास्तविक कारण थाहा नभए पनि वंशाणुगत र वातावरणले पार्ने प्रभावलाई प्रमुख कारक मानिएको छ । आज्मा भएका मानिसमा सामान्य मानिसमा भन्दा श्वासको नली धुँवा, धुलो, परागकण, गन्धलगायतका इरिट्यान्ट्सप्रति अत्यन्त संवेदनशील हुन्छ जसले गर्दा श्वासनली सुन्निएर साँगुरो हुन्छ र श्वास प्रश्वास सम्बन्धी समस्या उत्पन्न हुन्छ ।

आज्माका लक्षणहरुः

श्वास प्रश्वासमा कठिनाइ, छातीबाट सिठ्ठीको जस्तो आवाज निस्कनु, खोकी लाग्नु र छाती भारी हुनु यसका प्रमुख लक्षण हुन् । साथमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, हाछिउँ आइरहने, जीउमा डाबर देखिने आदि समस्या पनि देखिन सक्छ । यी लक्षण सबै एकसाथ देखा नपर्न पनि सक्छन् । हरेक दिन वा यामअनुसार समस्यामा उतार चढाव आउन सक्छ ।  

आज्माका प्रकारहरुः 
एलर्जिक आज्माः आज्माको सबैभन्दा प्रमुख कारण एलर्जी हो । वातावरणमा भएका विभिन्न तत्त्वप्रति श्वास नली अत्यधिक संवेदनशील हुन्छ । प्रायः वातावरणमा त्यस्ता एलर्जिन बढी हुने समय वा मौसममा आज्माको समस्या बढ्छ । परागकण, जनाबरको चाँया, घरको धुलो आदिसँग बढी एलर्जी हुन्छ ।

अकुपेसनल आज्माः यो काम गर्ने ठाँउमा हुने एलर्जिन र इरिट्यान्ट्सले गर्दा हुने श्वास प्रश्वासको समस्या हो । काम गर्ने ठाँउमा मात्र श्वासप्रश्वासमा कठिनाइ हुन्छ र छुट्टीको दिन वा काममा नगएको दिनमा प्रायः श्वासको समस्यामा स्वतः सुधार आँउछ । किसान, पेन्टर, प्लास्टिक फ्याक्ट्रीमा काम गर्ने मानिसमा यो समस्या बढी देखिन्छ । काम गर्दा मास्क प्रयोग गर्ने इरिट्यान्टसँग सम्पर्क कम गर्ने, औषधिको नियमित सेवन गर्ने गर्नाले श्वासको समस्या सहज हुन्छ । सुधार नभएमा पेसा परिवर्तन गर्नुपर्ने समेत हुनसक्छ ।

एक्ससाइज इन्ड्यसुड आज्माः यसले व्यायाम वा शारीरिक परिश्रमको दौरान वा त्यसपछि हुने श्वास प्रश्वासको असामान्य अवस्थालाई जनाउँछ । यो व्यायाम सुरु गरेको पाँचदेखि दस मिनेटमा वा व्यायामपश्चात पनि आउन सक्छ तर अरु बेलामा त्यति समस्या हुँदैन ।

बिस्तारै व्यायाम सुरु गर्ने र बिस्तारै व्यायाम अन्त्य गर्ने गरेमा श्वासमा समस्या कम देखिन्छ । रुघाखोकी लागेको बेलामा, चिसो वातावरणमा, प्रदूषण भएको बेलामा व्यायाम नगरेको राम्रो । अथवा, त्यस्तो बेलामा मास्क लगाएर हल्का व्यायाम गर्नुपर्छ ।व्यायामको १० देखि १५ मिनेट पहिला नै औषधि लिएर व्यायाम गरे श्वासमा समस्या आउँदैन । 

कफ भेरियन्ट आज्माः  यसमा खोकीमात्र एक प्रमुख लक्षण हुन्छ । प्रायः रातको समयमा र दिनमा पनि खोकी लाग्न सक्छ । चिसो, एलर्जिनरइरिट्यान्ट आदिले खोकीलाई बढाउँछ ।

एस्पिरिन इन्ड्युस्ड आज्माः यसमा नाक बन्द हुने, एस्पिरिन वा दुखाइको औषधि – एनएसएआईडीको प्रयोगले पनि एलर्जी र श्वास प्रश्वासको समस्या हुन्छ । यो समस्या प्रायः ३० देखि ४० वर्षको उमेरमा हुन्छ । यसको प्रमुख उपचार भनेको माथि उल्लेख गरिएका औषधिहरु सेवन नगर्नु नै हो ।

नियन्त्रणका उपायहरुः 

  • मुख्यतया वातावरणमा पाइने इलर्जिन वा इरिट्यान्टले याज्माको समस्यालाई बढाउने हुनाले आफूलाई कुन कुराले गाह्रो बनाउँछ त्यसवाट जोगिनुपर्छ ।
  • धुमपानले श्वासप्रश्वासको समस्या निम्त्याउन मद्दत गर्छ र त्यसलाई बढाउँछ पनि । दम भएका वा नभएका मानिसहरुले पनि चुरोट पिउनु हुँदैन र अरुले पिएर फालेको धुँवाबाट पनि जोगिनुपर्छ ।
  • घरको वातावरण सफा र धुलोरहित राख्नुपर्छ । गलैंचाहरु भ्याकुम क्लिनर लगाएर सफा गर्नु उपयुक्त हुन्छ । सकेसम्म एलर्जी भएका मानिसले कोठा आफैँले सफा नगर्ने र गर्नैपर्ने भएमा राम्रो गुणस्तरको मास्क लगाएरमात्र सफा गर्ने । त्यसैगरी घरमा कुकुर बिरालो सुँगा परेवाजस्ता जनावर र पन्छी नपाल्ने । पाल्नै पर्ने भएमा घरबाहिर राख्ने गरी पाल्ने। 
  • घरमा साङ्ला छन् भने तिनलाई पूर्णरुपमा नियन्त्रण गर्ने ।
  • रुघाले दमको समस्यालाई बढाउँछ । त्यसैले रुघा लागेका मानिसबाट टाढा रहने । घर बाहिर निस्कँदा मास्क प्रयोग गर्ने । समय समयमा साबुन पानीले हात धोइरहने ।
  • मोटो मानिसमा सामान्य तौल भएका मानिसहरुभन्दा आज्माको समस्या हुने संभावना बढी हुन्छ । आज्मा भएको मोटो मानिसमा यसलाई नियन्त्रणमा राख्न पनि कठिन हुन्छ । त्यसैले तौल नियन्त्रणमा राख्नुपर्छ ।
  • आज्मा भएका मानिसहरुमा अम्लपित्त ९ग्याष्ट्रिक० को समस्या तीन गुणा बढी हुन्छ । त्यसैले चिकित्सकको सुझावअनुसार त्यसको उपचार गर्नुपर्छ 

उपचारः

  • औषधि दिन सकिन्छ ।नेबुलाइजर प्रयोग गरी)ड्ड आज्मा नियन्त्रणका लागि मुख्यतः खाने र तान्ने दुई प्रकारका औषधि प्रयोग गरिन्छ । तान्ने औषधि पनि ग्यासजस्तो र क्याप्सुलभित्र पाउडरको रुपमा पाइन्छ । यी औषधिहरुको मुख्य काम आज्मालाई नियन्त्रणमा राख्ने र कहिले काँही श्वास प्रश्वासमा धेरै कठिनाइ भएमा त्यसलाई सजिलो बनाउने हुन्छ । औषधि तान्न वा खान नसक्ने अवस्थामा नशाबाट र बाफको रुपमा (
  • आज्मा भएका मानिसहरुले निमोनिया र फ्लुविरुद्धको खोप लगाउनु पर्छ। 

आज्माका बारेमा व्याप्त गलत धारणाः

  • तान्ने औषधि एकपटक लिन थालेपछि लत लाग्छ वा बन्द गर्न सकिँदैन१ जसरी मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गरेर नियन्त्रणमा राखिन्छ त्यसैगरी आज्माको औषधि पनि नियमित लिनुपर्छ र अवस्थाअनुसार त्यसलाई कम वा बढी गर्न सकिन्छ ।
  • सजिलो भएपछि औषधि आफैं बन्द गरे हुन्छ ।

चिकित्सकको सुझावबिना आफैँ औषधि बन्द गर्नु हुँदैन । आज्मालाई नियन्त्रणमा राखिएन भने वा नियमित उचित औषधि सेवन नगरिएको अवस्थामा यसले भयावह रुप लिन सक्छ । अस्पताल भर्ना गर्नुपर्ने, श्वास प्रश्वासको कृत्रिम उपकरण (भेन्टिलेटरमा राख्नुपर्ने) र समयमा उपचार नपाएमा ज्यानैसमेत जानसक्ने खतरा रहन्छ । 

डा. महत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पल्मोनोलोजिस्ट (फोक्सोरोग) विशेषज्ञ हुन् । 

Last modified on 2017-06-11 17:35:06

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts