नारायणी उपक्षेत्रीय अस्पतालमा किलिया सेवा



Download our app to get more features

पर्सा, २२ वैशाख । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आजदेखि ‘किलिया एनलाइजर’ सेवा सुरु भएको छ । 

उपक्षेत्रीय अस्पताल विकास समितिले रु ४० लाखको लागतमा केमो लिमिनिसनस इमोनोएसे मेसिन जडान गरेपछि अस्पतालले किलिया सेवा सुरु गरेको हो । 

प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले आज सो सेवाको शुभारम्भ गरे । प्रयोगशालामा जडान गरिएकोसो उपकरणका माद्यमले नसर्ने रोग परीक्षण गरी बिरामीलाई रोग लाग्नु अघि नै रोगका बारेमा जानकारी दिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरङ्जन साहले जानकारी दिए । 

स्वास्थ्य मन्त्रालयको  विशेष पहलमा सो मेसिन जडान गरिएको हो । उच्च रक्तचाप, हाइपरटेन्सन, क्यान्सरलगायत रोगबारे किलिया विधिबाट बिरामीको रगत परीक्षण गरी पत्ता लगाउन सकिने साहले बताए । अस्पतालले प्रारम्भ गरेको उक्त सेवाबाट बाझोपन, थाइराइड, हार्मोन, ट्युमरलगायत एक सय २० प्रकृतिका रोगको परीक्षण गर्न सकिने छ । 

यहाँका बिरामीले उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको अस्पतालका प्रयोगशाला प्रमुख श्रवणकुमार मिश्रले बताएका छन्  । रासस 
 

Last modified on 2017-06-15 10:33:14

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts