आफ्नो स्तन आफैले जाँचौ : कतै स्तन क्यान्सर भएको पो छ कि ?



Download our app to get more features

काठमाडौं । तपाईंको स्तनको कुनै भागमा दुख्ने, गिर्खा आएको जस्तो छ ? कतै स्तन सुन्निएर कडा भई दुख्ने गरेको त छैन ? स्तनको मुन्टा सिधा बाहिरपट्टि नफर्की दायाँ, बायाँ वा घुमेर भित्रपट्टि फर्कने गरेको छ ? यदि यस्तो छ भने सावधान रहनुहोस् । तपाईंलाई स्तन क्यान्सर भएको हुनसक्छ । यस्तो लक्षणहरु देखापर्ने बित्तिकै सम्बन्धित स्वास्थ्य संस्थामा गई परामर्श लिनु पर्दछ । 

क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापतिका अनुसार स्तन क्यान्सर एक प्रकारको ट्युमर हो, जुन व्यक्तिको स्तनको कोषिकाहरू अस्वभाविक वृद्धि भएर हुने गर्दछ । यसका कोषिकाहरू एकै ठाउँमा मात्र रहन सक्दैनन् । शरीरका अन्य तन्तुहरूमा सर्दै जाने गर्दछ । यसलाई समयमा नै नष्ट गर्न नसकेमा पूरै शरीरभरी पैmलिन गई बिरामीको मृत्यु पनि हुन सक्छ ।

स्तन क्यान्सर हुने कारण
स्तन क्यान्सर के कारणले हुन्छ भन्ने कुरा धेरैको जिज्ञासाको विषय भए पनि यही कारणले हुन्छ भनेर आजसम्म किटान गरेर भन्न सकिने अवस्था छैन । विज्ञहरू कर्सिनजैन्स (Carcingens)
जस्ता वस्तुले पनि स्तन क्यान्सर हुने सम्भावना बढाउने बताउँछन् । महिलाहरू उमेर पारगर्दै बुढ्यौलीतिर लाग्दा स्तन क्यान्सरको सम्भावना बढ्दै जाने हुन्छ । विभिन्न तथ्याड्ढअनुसार विश्वमा औसत ५० वर्ष उमेर नाघेका महिलाहरूमा स्तन क्यान्सरको समस्या बढी देखापर्ने गर्दछ ।

कतिपय स्तन क्यान्सर वंशाणुगत कारणले पनि हुन सक्छ । कुनै महिलाको आमा, दिदीबहिनी, आमापट्टिको हजुरआमा र दिदीबहिनीलाई स्तन क्यान्सर भएको भए उक्त महिलामा पनि स्तन क्यान्सरको समस्या देखिन सक्छ । तर सबैमा यो समस्या हुन्छ भन्ने छैन । यसका साथै कुनै महिलालाई ढिलो महिनावारी सुरु भएर चाँढै सुकेको छ भने पनि स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ । ढिलो बच्चा जन्माएका महिला र आफ्नो बच्चा जन्माएर पनि स्तनपान नगराउने महिलाहरूलाई स्तन क्यान्सर हुने खतरा निकै बढी देखिएको चिकित्सकहरुको भनाई छ ।  

डा.प्रजापतिका अनुसार लामो समयसम्म परिवार नियोजनको चक्की खाने, हर्मोनको प्रयोग गर्ने गर्दा पनि महिलाहरूमा स्तन क्यान्सरको सम्भावना बृद्धि हुन्छ । अनावश्यक विकिरण (X-Ray) को सम्पर्कमा आउने, बोसोयुक्त खानेकुरा ज्यादा खाने, धेरै मदिरा सेवन गर्ने र अति मोटो महिलाहरूमा पनि स्तन क्यान्सरको खतरा हुन्छ ।

लक्षण कस्ता–कस्ता ?
अधिकांश महिलाहरू आफ्ना संवेदनशील अड्डमा देखा परेका समस्याहरू खुलेर अरूसँग बताउन सक्दैनन् । फलस्वरूप यस्ता समस्या बढ्दै गई निको पार्न नसकिने अवस्थामा पुग्ने हुन्छ । त्यसकारण सामान्य लक्षण देखिनासाथ परीक्षण तथा उपचार गराउनुपर्छ । यदि कुनै पनि महिलालाई स्तन क्यान्सर भएको छ भने स्तनको कुनै पनि भागमा दुख्ने गिर्खा आउने हुन्छ । स्तन क्यान्सर भएका महिलाहरूको स्तन सुन्निएर कडा हुने, दुख्ने, स्तनको मुन्टा सिधा बाहिरपट्टि नफर्की दायाँ–बायाँ वा घुमेर भित्रपट्टि फर्कने गर्दछ । विस्तारैसँग बढ्दै गएपछि स्तनको आकारमा परिवर्तन आउँदै मुन्टाबाट रगत वा फोहोरजन्य पदार्थ, पिप आउने गर्छ । यो स्तनबाट बढ्दै–बढ्दै काखीसम्म पुग्ने हुन्छ । समयमै उपचार गर्न नसकेमा स्तनमा स–साना घाउखटिरा आउने विस्तारै शरीरभरि पैmलिई मृत्यु पनि हुन सक्छ ।

आफै जाँच गर्न सकिन्छ 

सुरुमै उपचार गर्न सके अन्य क्यान्सर सरह स्तन क्यान्सर पनि निको हुन्छ । त्यसैले सुरुको अवस्थामा निदान गर्न सक्नुपर्दछ । आफ्नो शरीरको अन्य अड्डमा आएको परिवर्तन जस्तै स्तनमा केही परिवर्तन आएको नआएको जाँचगरी क्यान्सरको सम्भावनाबाट मुक्त हुन सकिन्छ । आफ्नो स्तनमा आएको सामान्य परिवर्तनलाई पनि गम्भिरतापर्वक सोच्नु जरुरी छ । यसको लागि आफैले घरमा बसी सरलताका साथ आफ्नो स्तन जाँच गराउन सकिन्छ, जसलाई ब्रेस्ट सेल्फ इक्ज्यामिनेसन (Breast Self Examination) भनिन्छ ।

आफ्नो स्तन ठीक छ या छैन भनी ऐनाअगाडि उभिएर पनि जाँच गर्न सकिन्छ । ऐनाअगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै स्तनको समानता, आकार, बनोट, निप्पलको अवस्था, छालाको रड्ड, स्तनको कुनै भागमा गिर्खा भए–नभएको ध्यान दिनुपर्छ ।

त्यस्तैगरी आफै जाँच गर्दा नुहाउने समय निकै राम्रो मानिन्छ । नुहाउँदा पनि सरलताका साथ जाँच गर्न सकिन्छ । साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न अझ सजिलो हुन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्धरूपमा जाँच गर्न सकिन्छ । यसरी जाँच गर्ने क्रममा कुनै सड्ढा लागेमा तुरुन्तै सम्बन्धित चिकित्सकसँग सम्पर्क राखी स्तन क्यान्सर हुनबाट बच्न सकिन्छ ।

तर यसरी स्तनको जाँच आफै गर्दा मिहनावारी नियमितरूपमा भइरहेका महिलाले महिनावारी रोकिएको ४/५ दिनपछि गर्नुपर्दछ । किनकि महिनावारी भएको बेलामा स्तन अलिकति सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ । यसको कारण स्तनमा आएको परिवर्तनलाई थाहा पाउन मुस्किल हुन्छ । अनियमित महिनावारी वा महिनावारी बन्द भइसकेका महिला तथा कहिलेकाहिँ महिनावारी छुट्ने महिलाहरूले प्रत्येक महिनाको कुनै दिन तोकेर उही दिन जाँच गर्नुपर्ने चिकित्सक बताउ“छन् ।

उपचार गर्न सकिन्छ

अन्य क्यान्सर सरह स्तन क्यान्सरको पनि उपचार सम्भव छ । रेडियोथेरापी, केमोथेरापी, हर्मोनथेरापी आदि विधिबाट अन्य क्यान्सर सरह यसको पनि उपचार हुन्छ । यदि शरीरको अन्य भागमा समेत पैmलिसकेको छ भने सिटिस्क्यान, एक्सरे गरेर पत्ता लगाई उपचार गर्न सकिन्छ । विज्ञहरूका अनुसार सुरुकै अवस्थामा क्यान्सर भएको पत्ता लागेमा ९० प्रतिशत स्तन क्यान्सरको उपचार भई पूर्णरूपमा निको हुन्छ । विवाहित महिलाले वर्षमा एक पटक सम्बन्धित चिकित्सकसँग परामर्श लिनु लाभदायक हुन्छ । यसका साथै खानपान, जीवनशैली परिवर्तन गर्नु, सकेसम्म शाकाहारी र चिल्लो कम भएको खानेकुराको उपयोग गर्ने बानीले क्यान्सर रोग मात्र होइन अन्य रोगबाट पनि मुक्त हुन सकिन्छ ।
 

Last modified on 2017-06-15 10:34:05

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts