गर्भवती तथा सुत्केरीमा पायल्स र कब्जियत बढी हुनुको कारण र बच्ने उपाय (भिडियो सहित)



Download our app to get more features

गर्भावस्था तथा सुत्केरीमा पायल्स र कब्जियत बढी हुन्छ । यस अवस्थामा किन यस्ता समस्याहरु बढी देखा पर्छन् ? यस्ता समस्या हुने कारण र बच्ने उपाय के हुन् ? यसबारे मलद्धार विशेषज्ञ डाक्टर राजिब घिमिरेको सुझाब :

गर्भावस्था तथा सुत्केरी अवस्था भनेको संवेदनशील उमेर हो । यो अवस्थामा हरेक समय र अवस्थामा सचेत हुनुपर्छ । थोरै असावधानी तथा लापरवाहीले आमा र बच्चा दुबैको ज्यान खतरामा पर्न सक्छ ।

गर्भावस्थामा गर्भवतीमा फिटनेसको आकार बढ्दै जान्छ । जसले गर्दा आन्द्रा तथा पेटमा दवाव सृजना हुन्छ । जसका कारण सामान्य रुपमा अपान वायु सञ्चालन हुँदैन । 

जसका कारण दिसा साह्रो हुन्छ र दिसा गर्न पनि गाह्रो हुन्छ । सहजै दिसा नभएपछि कब्जियत हुन्छ । र बिस्तारै मलद्धारका नसाहरुमा असर परेर पायल्स हुन्छ ।

नियमित रुपमा राम्रोसंग दिसा नहुने धेरै वा थोरै हुने, गानो गोला चले जस्तो हुने, पेटमा गाह्रो हुनु नै कब्जियत हो ।

गर्भवतीमा ४ महिना पुगे पछि आइरन र क्याल्सियम नियमित सेवन गर्छन् । आइरन र क्याल्सियमले नसाहरुलाई मजबुत पार्न सहयोग गर्ने भएकाले पनि कब्जियत बढी हुन्छ । 

बच्चा जन्मिने बेला बढी प्रेसरका कारण मलद्धारका नसाहरु फुट्ने वा मलद्धारको छाला च्यातिने संभावना बढी हुन्छ । जसका कारण पायल्स बढी हुन्छ ।

यसबाट बच्नको लागि यसो गर्ने :
गर्भवती वा सुत्केरीबेला तातो, पोसिलो खाना खानुपर्छ भन्दै माछा, मासु, घिउ, ज्वानो लगाएतका कुराहरु बढी सेवन गरिन्छ । सागपात, फलफूल खायो भने चिसो लाग्छ भन्ने कतिपय मानिसको बुझाई छ । यस कारण शरीरलाई आवश्यक अन्य पौष्टिक तत्वको पुरा नहुन सक्छ । जसका कारण अन्य समस्याको साथै पायल्स र कब्जियत बढी हुन्छ । 

यस अवस्थामा पनि प्रशस्त हरियो सागपात, फलफूल लगाएत सन्तुलित आहारको सेवन गरे कब्जियत र पायल्स हुनबाट जोगिन सकिन्छ । 

भिडियो हेर्नुस् ।

Last modified on 2017-06-15 10:46:48

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts