गंगालालले जनकपुर अञ्चल अस्पतालबाट समेत उपचार सेवा दिने
काठमाडौँ, २१ बैशाख । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मुटुरोगको उपचार सेवा अव जनकपुर अञ्चल अस्पतालबाट समेत उपलव्ध गराउने भएको छ ।
मुटुरोगको स्तरीय सेवा दिने विषयमा मंगलबार शहिद गंगालाल हृदय केन्द्र र जनकपुर अञ्चल अस्पतालबीच लिखित सम्झौता भएको शहिद गंगालाल हृदय केन्द्रले जनाएको छ ।
यस अघि गंगालालले भेरी अञ्चल अस्पतालबाट समेत सेवा दिदै आएको छ ।
मुटुको उपचारका लागि राजधानी आउनुपर्ने पूर्वी तथा मध्य तराईका बिरामीको बाध्यताको अन्त्य गर्न जनकपुर अञ्चल अस्पतालबाट नै सेवा दिन लागिएको अस्पतालले जनाएको छ । अञ्चल अस्पतालबाट मुटु रोगको सेवा पाएसँगै त्यस क्षेत्रका सामान्य मुटु रोगी समेत काठमाडौंसम्म आउनु पर्ने बाध्यताको अन्त्य हुने छ ।
सम्झौता अनुसार शहिद गंगालाल हृदय केन्द्रले क्याथ ल्याव समेत स्थापना गरी अञ्चल अस्पतालबाट सेवा दिने छ । अञ्चल अस्पतालमा उक्त सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले १० करोड छुट्याएको छ ।
उपचार सेवाका लागि गंगालालका मुटु रोग विशेषज्ञ अञ्चल अस्पतालमानै गएर सेवा दिने छन् ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>