डेङ्गुको आधा दर्जन बिरामी फेला परेपछि महोत्तरीमा सतर्कता अपनाइयो



Download our app to get more features

महोत्तरी, २० वैशाख । पछिल्लो समय महोत्तरीको बर्दिवासमा डेङ्गु सङ्क्रमणका आधा दर्जन बिरामी फेला परेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले सतर्कता अपनाएको छ । 

उक्त कार्यालयले बर्दिवासमा डेङ्गुसम्बन्धी सचेतनामूलक अभियान सुरु गर्नुका साथै यसबाट बच्नसक्ने उपायबारे विभिन्न स्थानमा जानकारी आदानप्रदान गरेको छ । 

बर्दिवास नगरपालिकामा चार जना र हात्तीलेटमा दुई जनागरी छ जनामा डेङ्गु सङ्क्रमित प्रमाणित भएको कार्यालयका प्रतिनिधि भागिरथा यादवले जानकारी दिए । छ जनामध्ये दुई जना उपचारपछि घर फर्किसकेको दुई जनाको काठमाडौँ र दुई जनाको बर्दिवासमै उपचार भइरहेको यादवले जानकारी दिए । 

स्वास्थ्यमा किटको अभाव भएपछि बिरामीले निजी अस्पतालमा डेङ्गु परीक्षण गराएको र प्राप्त रिपोर्ट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँ पठाइएको थियो । रासस 

Last modified on 2017-06-15 11:08:43

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts