यात्रामा बान्ता हुने समस्या : यसो भन्छन् चिकित्सक



Download our app to get more features

काठमाडौ । भक्तपुर गट्ठाघर बसोबास गर्दै आएकी बुटवलकी रमा न्यौपानेलाई घर सम्झने बित्तिकै कहिले पुगौँ जस्तो हुन्छ । लामो दुरीको यात्रा गर्दा उनलाई बान्ता हुने समस्या छ । त्यसकारण पनि घर जाने भन्ने खुसीलाई स्वास्थ्यको समस्याले खल्लो बनाईदिन्छ । 

‘म फुर्सद हुँदा पनि घर जाने आँट गर्न सक्दिन, त्यो मेरो बाध्यता हो ।’ रमा भन्छिन् ‘चाडपर्वमा घर जादा पनि मरेर पुग्छु, आफुलाई मात्र नभएर सँगैको साथीलाई समेत मेरो कारणले तनाव हुने भएकाले यात्रा गर्न डर लाग्छ ।’ 

बुटवलकी रमा मात्र होइन, झापाकी कमला अधिकारी पनि यात्रा गर्दा वान्ता हुने समस्याले पिडित छिन् । जेष्ठमा हुने दाईको बिवाहको कार्यक्रममा सहभागी हुन पुग्नुपर्ने उनलाई कसरी घर पुग्ने भन्ने चिन्ताले सताउन थालेको छ । 

‘एक त लामो दुरीको यात्रा गर्दा जिउ दुखेर हैरान होइन्छ, त्यसमाथी वान्ता हुने समस्या छ, यसले गर्दा यात्रा गर्नुपर्ने भयो कि मन नै भतभत पोलेर आउछ  ।’ – कमलाले हाम्रो डाक्टरसँग भनिन् । 

यात्रामा वान्ता हुने समस्याका कारण हैरा बनेका कमला र रमा प्रतिनिधी पात्र मात्र हुन् । यस्तो समस्या उनीमा मात्र हैन धेरैलाई हुने गरेको छ । काठमाडौंमा अस्थाई रुपमा बसोबास गर्ने अधिकांश बाहिरी जिल्लाका मानिसहरूलाई लामो दुरीको यात्रा गर्दा यस्तो समस्या देखा पर्दछ । 

कतिपय यात्रुहरू यात्रा गर्दा आइपर्ने समस्याका डरले चिकित्सकसम्म पुग्ने गरेका छन् । कतिपय भने विशेष अवस्था बाहेकका समयमा घर नै नजाने मनसाय बनाएर बसेका छन् ।

यात्राका क्रममा जिउ दुख्ने, निन्द्रा नलाग्ने, वाकवाकी लाग्लाजस्तो हुने समस्या अधिकांश यात्रुहरूमा हुने गर्दछ । तर सबैभन्दा गम्भीर समस्या भनेको यात्रा गर्ने क्रममा बारम्बार बान्ता हुनु नै हो । 

के भन्छन् चिकित्सक ? 
शहीद शुक्रराज सरुवारोग ट्रपिकल अस्पतालका फिजिसियन डा. शेरबहादुर पुन यस्ता यात्रुहरूले के कारणले बान्ता हुन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताउछन् । 

उनि भन्छन् – ‘बान्ता हुने कारण पत्ता लगाएर त्यसलाई कसरी हटाउने भन्ने विषयमा ध्यान पु¥याएमा यस्तो समस्याबाट बच्न सकिन्छ ।’

डा. पुनका अनुसार, मानिसहरूमा विभिन्न समस्याले यात्रा गर्दा बान्ता हुने गर्दछ । कसैमा यात्रा गर्नु अगाडी दुग्धजन्य पदार्थ खाएमा बान्ता हुने गर्दछ भने कसैमा चिल्लो पदार्थ, अम्लीय पदार्थ आदि खाएर यात्रा गरेमा बान्ता हुने गर्दछ । केही व्यक्तिलाई माछामासु खाएर यात्रा गर्दा बान्ता हुने गर्दछ । त्यसैले के खाएर यात्रा गर्दा यस्ता समस्या देखिन्छ भन्ने विचार पु¥याउनु जरुरी हुन्छ । 

खाना नखाई यात्रा गर्नु हुँदैन
कतिपय मानिसहरूले यात्रा गर्दा बान्ता हुने डरले खाना नै नखाई खाली पेटमा यात्रा गर्ने गरेको पाइन्छ । यसरी खाना नै नखाई यात्रा गर्नु झन खतरनाक भएको डा. पुनको  भनाई छ । खाली पेटमा यात्रा गर्दा पेटमा मांशपेशीहरू बढी तन्कीने खुम्चिने जस्ता समस्या हुन्छ जसले वाकवाकी लाग्ने हुन्छ । यात्रा गर्दा बान्ता हुने मानिसहरूले सकेसम्म चिल्लो पदार्थ, दुग्धजन्य पदार्थ साथै अमिलो पदार्थ नखानु नै बेस हुन्छ । 

यात्रापूर्व के खाने के नखाने ? 
‘फरक–फरक मानिसमा यी विभिन्न कारणले बान्ता हुने हु“दा सकेसम्म चिल्लो कम भएको दाल, भात, तरकारी खानु उपयूक्त हुन्छ । जसले पेटलाई आराम मिल्दछ ।’ डा. पुन बताउछन् । प्रायजसो पुराना तथा दीर्घरोग भएका मानिसहरू यात्रा गर्दा बान्ता हुने समस्याबाट बढी ग्रसित हुने गर्दछन् । यस्ता दीर्घरोग भएका मानिसहरूले सकेसम्म हिड्नुभन्दा अगाडी अमिलो, गुलियो, चिल्लो पदार्थ नखानु राम्रो हुने चिकित्सकहरूको सुझाव छ । 

कसैकसैले अमिलो पदार्थले बान्ता रोक्ने भन्दै अमिलो पदार्थ बोकेर बाटोमा खाने गर्दछन् । अमिलो पदार्थले कम व्यक्तिहरुलाई बान्ता रोक्न सहयोग गर्ने भएपनि धेरैमा लागु हु“दैन । कसैमा एसिडिटीको समस्या भएमा त्यस्ता अम्लीय खाद्यवस्तुको सेवन झनै खतरनाक हुनसक्छ ।

औषधिको प्रयोग
यस्ता विषयमा ध्यान दिएमा पनि बान्ता हुने समस्यामा कमी नआएमा बान्ता रोक्ने औषधिको प्रयोग गरी समस्याको सावधान गर्न सकिने डा. पुन बताउछन् । यस्ता औषधि सकेसम्म सम्बन्धित चिकित्सकको परामर्श लिएर खानुपर्ने उनको भनाइ छ । बान्ता हुने समयमा बान्ता रोक्ने औषधि खानु समस्याको समाधान हैन । औषधिको सेवन यात्रा गर्नु ३० मिनेट पूर्व गर्नुपर्दछ । 

यात्रा गर्दा बाटोमा जे भेट्यो त्यहि नखाने, सफा पिउने पानी आपूmस“गै राख्ने, माक्सको प्रयोग गर्ने गर्नुपर्दछ । यस्ता कुराहरूमा ध्यान पु¥याउन सकेमा यात्रामा आइपर्ने बान्ताको समस्याबाट मात्र हैन बिभिन्न स्वास्थ्य समस्याबाट समेत बच्न सकिन्छ ।

Last modified on 2017-06-15 11:09:05

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Motion (travel) sickness is a very common disturbance of the inner ear that is caused by repeated motion such as from the swell of the sea, the movement of a car, the motion of a plane in turbulent air, etc. And mostly characterized by nausea and vomiting.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts