नाइजेरियाका राष्ट्रपतिलाई उपचार बिदामा बस्न आग्रह



Download our app to get more features

लागोस (नाइजेरिया), २० वैशाख । नाइजेरियाका नागरिक समाजका नेताहरूले राष्ट्रपति मुहम्मद बुहारीलाई लामो उपचार बिदामा बस्न मङ्गलबार आग्रह गरेका छन् । 

चौहत्तर वर्षीय राष्ट्रपति बुहारीको स्वास्थ्यमा समस्या देखिएपछि उनले सन् २०१७ मा करिब दुई महिना लन्डन उपचारका लागि विदा बसिसकेका छन् । 

उनको रोगबारे केही नबताइए पनि केही समयदेखिा अस्वस्थताका कारण मन्त्रिपरिषद्को बैठकमा समेत उपस्थित रहनुभएको छैन । स्रोतका अनुसार मन्त्रिपरिषद्का पछिल्ला तीन बैठकमध्ये उनी एउटा बैठकमा मात्र उपस्थित भएका थिएनन् । 

शुक्रबार प्रार्थनापछि बिरामी परेका बुहारी शनिबार आफ्नै नातीको विवाहमा समेत सरिक भएका थिएनन् । 

राष्ट्रपति बुहारीले आफ्नो स्वास्थ्य समस्याबारे आफैँ बताउनु हुँदै ‘ब्लड ट्रान्सफुजन’ लगायतका अन्य परीक्षण गरेको तर आफू जतिल अवस्थामा नरहेको बताए । 

बुहारीका सहयोगी गार्वा सेहुले राष्ट्रपतिले लामो उपचारपछि स्वास्थ्यमा सुधार आएको र अहिले आरामको आवश्यकता रहेको बताए । 

राष्ट्रपतिको स्वास्थ्यसम्बन्धी समस्याका कारण मुलुकमा निर्णयात्मक क्रियाकलापमा असर परेको भन्दै विभिन्न तप्काबाट उनले लामो बिदा लिएर उपचार गर्नु सल्लाह आएको हो । रासस
 

Last modified on 2017-06-15 11:13:05

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts