आमाको मृत्यु पिडालाई शक्तिमा बदल्दै याङ्गजोम समाजसेवामा (भिडियो सहित)



Download our app to get more features

काठमाण्डौ । ताप्लेजुङ्गका युवा संचारकर्मी याङ्गजोम शेर्पा आफ्नो आमाको मृत्युको पिडा भुल्न सकिरहेकी छैनन् । दुर्गम गाउँ घुन्सामा स्वास्थ्यचौकी नहुदा वर्षेनी प्रसव वेदनाका कारण कम्तिमा दुइ जना महिलाले ज्यान गुमाउँछन् । यो तितो यर्थाथ हो । 

त्यही मध्ये एक हुन याङ्गजोम कि आमा । आफु आठ वर्षको हुँदा सुत्केरीको बेथाले छट्पटीएर उनको आमाले ज्यान गुमाउनु परेको तितो यथार्थ बिर्साउन गाउँमै सुविधा सम्पन्न स्वास्थचौकी बनाउने अठोट गर्दैछिन् ताकी भोलीका दिनमा अरु आमाहरुले पनि मेरै आमाको नियती भोग्न नपरोस् । 

आफ्नो आमाले उपचार नपाएकै कारण ज्यान गुमाउनु परेको भन्दै उनले गाउँकै केही अगुवाको साथमा जिल्ला जनस्वास्थ कार्यलय, स्वास्थ्य मन्त्रालय लगायतका निकाय धाउन थालिन । यसरी करीब सात वर्षको अथक प्रयासपछी बल्लबल्ल अस्थाइ स्वास्थचौकीको कागजी प्रकृया त पुरा भयो तर भवन भने अझै बन्न सकेको छैन । 

स्थानिय एक विद्यालयको कोठालाई प्रयोग गरेर स्वास्थ्य सेवा दिँदै आइएको छ । आमाको मृत्युको पिडालाई शक्तिमा बदलेर गाउँमा आधुनिक स्वास्थ्य चौकी बनाउछु भन्दै सयौ पटक सरकारी कार्यालयको दैलोमा पुगेपनि सफलता पाउन नसकेकी शेर्पालाई सामाजिक संजालबाट नै सहयोग गर्न आव्हान गरिएको छ ।  

सरकारको मुख ताक्दा भवन बन्ला नबन्ला तर तपाईको एउटा सानो सहयोगले दुर्गममा थुप्रै आमाहरुको ज्यान जोगिन सक्छ । 

यस अभियानलाई साथ दिन समाजसेवी एंवम् युवा पत्रकार सरल गुरुङ्गले तयार पारेको भिडियो :

Last modified on 2017-06-15 12:13:35

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. चिरेंद्र लाबुंग लिम्बु, इखाबु , हाल लण्डन.on Thu, May 04 2017 05:00 PM

    यांग्जोम बहिनीको अभियान अतिनै संदर्बिक र मार्मिक छ. यो हामीले अवस्य पहल गर्नु पर्छ. यसलाई म व्यक्तिगत रुपले पनि सहयोग गर्ने ईच्छा गरेको छु.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts