ओम अस्पताललाई मुलुकको सबैभन्दा उत्कृष्ट निजी अस्पताल बनाइने : अध्यक्ष पौडेल
काठमाण्डौं, १८ बैशाख । चावहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष उद्धव पौडेलले छिट्टै ओम अस्पताललाई मुलुकको सबैभन्दा उत्कृष्ट निजी अस्पताल बनाइने बताए ।
एक सय २८ औं श्रम दिवसको अवसरमा ओम अस्पताल तथा रिसर्च सेन्टर– कर्मचारी युनीयनद्धारा आयोजीत कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष पौडेलले कर्मचारी, चिकित्सक तथा लगानीकर्ताको त्रिपक्षीय समझदारीबाट मात्र अस्पतालको भविष्य उज्वल हुने धारणा राखे ।
अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले सबै खाले विरामीका लागि आवश्यक सुविधा अस्पताल परिसरमा मै व्यवस्था गर्न लागिएको भन्दै गुणस्तरीय सेवा दिन सबैको सहयोग आवश्यक रहेको बताए ।
अस्पताल निर्देशक डाक्टर जागेश्वर गौतमले एक पक्षले मात्र चाहेर अस्पतालले गुणस्तरीय सेवा दिन नसक्ने भएकाले सहयोगका लागि सम्बन्धित् पक्षसँग आग्रह गरे ।
कर्मचारी युनीयनका अध्यक्ष केशवप्रसाद चौलगाईले धेरै चुनौतीहरुका बाबजुद कर्मचारीहरुको हक हितका लागि युनीयनले धेरै काम गरेको जानकारी दिए ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>