सुखद यौनजीवनका लागि ‘वाजीकर शक्ति’ पुनः बजारमा
काठमाण्डौ, १८ बैशाख । सरकारी स्वामित्वमा रहेको सिंहदरवार बैद्यखाना विकास समितिद्धारा उत्पादित औषधि ‘वाजीकर शक्ति’ चार वर्षपछि पुनः बजारमा आएको छ ।
स्वास्थ्य र सुखद यौनजीवनका लागि अति प्रभावकारी औषधिको रुपमा रहेको बाजीकर शक्ती आवश्यक गुणस्तरिय कच्चा पदार्थको अभाव रहेको भन्दै ६९ सालदेखि उत्पादन बन्द भएको थियो । समितिले चार वर्षपछि ‘वाजीकर शक्ति’ पुनः उत्पादन सुरु गरी बजारमा ल्याएको हो ।
बैद्यखाना विकास समितिका निर्देशक डा. राजेन्द्र गिरीले वाजीकर शक्तीको माग बजारमा धेरै हुँदाहुदै पनि गुणस्तरिय कच्चा पदार्थको अभावका कारण बिचमा बन्द गर्नुपर्ने बाध्यता रहेको बताए ।
‘यसको उत्पादनका लागि कुनै एक जडिबुटी अभाव भए उत्पादन राम्रो हुँदैन’ गिरीले भने ‘केहि जडिबुटीको अभाव भएकाले बिचमा यो उत्पादन बन्द भएको थियो, यो पटक हजार केजी उत्पादन गरेर बजार पठाइसकेका छौ । यसको माग पहिलेदेखि नै निकै राम्रो भएकाले यसले राम्रो बजार लिने बिश्वास छ ।’
यो २५० ग्रामको प्याकमा उपलब्ध छ । यसोगन्धा, काउसो, मुसली लगायतका २८ देखि ३० प्रकारका जडिबुटी प्रयोग गरी बाजीकर निर्माण गरिन्छ । यसलाई दैनिक ५ देखि १० ग्रामसम्म प्रयोग गर्न सकिने डा. गिरीले बताए । बैद्यखानाद्धारा उत्पादित औषधिमध्ये ‘वाजीकर शक्ति’ निकै लोकप्रिय उत्पादनको रुपमा परिचित छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>