झाडापखाला र अल्सरमा प्रयोग हुने नेपाली औषधि गुणस्तरहीन
काठमाण्डौं, १८ बैशाख । नेपाली औषधि उद्योगले उत्पादन गर्दै आएका दुई औषधि गुणस्तरहीन रहेको पाइएको छ ।
औषधि व्यवस्था विभागले नमूना परीक्षणका क्रममा झाडा पखला र अल्सरमा प्रयोग हुने दुई औषधिहरु गुणस्तरहीन पाइएको जनाएको छ ।
विभागले सोमवार सूचना जारी गर्दै क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएकोे व्याँच नं पीओआर ६९९ को रेलिट(ओरल रिहाईड्रेसन साल्ट) र एमटेक मेड प्रालिको व्याच नं ६१९३ को प्रान्प्राज(पान्टोप्राजोल ट्यावलेट) औषधि गुणस्तरहीन पाइएको बताएको छ ।
विभागले बजार अनुगमानको क्रममा संकलन गरिएका औषधिहरुको नमुना परिक्षण गर्दा उक्त औषधिहरु न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रि वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ ।
सूचनामा भनिएको छ सो औषधिको विवरण विभागमा १५ दिन भित्र पेश गर्न सम्बन्धीत उद्योगलाई जानकारी गराउदैै उक्त औषधिहरु सिफारिस, बिक्रि वितरण तथा प्रयोग समेत नगर्न/नगराउनु हुन सम्बन्धीत सबैलाई अनुरोध गरिन्छ ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>