असुरक्षित गर्भपतन सुन्य गराउन प्रतिवद्धता 



Download our app to get more features

सुनसरी, १६ बैशाख । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरी द्धारा आयोजित सुरक्षित गर्भपतन सेवा सम्वन्धि कार्यक्रममा जिल्लालाई ‘सुन्य असुरक्षित गर्भवतन बनाउने’ सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा औषधि व्यवसायी तथा नीजि क्लिनिकका प्रतिनिधीहरुसँगको छलफलमा उनीहरुले सुनसरीलाई सुन्य असुरक्षित गर्भपतन गराउन प्रतिवद्धता गरेको प्राथमिक स्वास्थ्य केन्द्र इटहरीका हेल्थ असिष्टेण्ट रामकुमार धमलाले वताए । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीको प्रमुख आतिथ्यता र जिल्ला स्वास्थ्य प्रमुख मुकुन्द राज गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा औषधि व्यवसायी तथा नीजि क्लिनिकका प्रतिनिधीहरुलाई निःशुल्क सुरक्षित गर्भपतन सेवा, गर्भपतन सम्वन्धि कानुनी मान्यताहरु र सजाय सम्वन्धि व्यवस्थाको जानकारी गराइएको थियो । 

जिल्लामा १८ वटा स्वास्थ्य संस्थावाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिरहे पनि विना सूचिकृत व्यक्ति र संस्थामा गएर जोखिमपूर्ण असुरक्षित गर्भपतन गराईरहेको आइपास जिल्ला संयोजक मजवुल आलमले जानकारी दिए । सो अवसरमा गर्भपतन सूचिकृत संस्था र सूचिकृत व्यक्तिले मात्र गराउन पाउने कानुनी मापदण्ड रहेको जिल्ला स्वास्थ्य प्रमुख गौतमले प्रष्टाए ।

Last modified on 2017-06-15 14:47:56

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts