दृष्टि आई केयर सिस्टमको सातौ शाखा कलंकीमा



Download our app to get more features

काठमाण्डौं, १५ बैशाख । अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले दृष्टि आई केयर सिस्टमको स्थापना भएको छ ।

‘सबैको लागि दृष्टि सधैको लागि दृष्टि’ भन्ने नाराका दृष्टि केयर सिस्टमले शुक्रबारबाट कलंकीको स्युजाटारबाट पनि सेवा प्रारम्भ गरेको छ ।  

एक समारोह बिच मह जोडी मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्यले केन्द्रको उद्घाटन गरेका छन् । चार वर्ष अघि झापाको विर्तामोडमा मेचि दृष्टि आँखा अस्पताल स्थापना गरी सेवा सुरु गरेको केन्द्रले यसलाई विस्तार गर्दै देशका विभिन्न सातवटा स्थानबाट सेवा दिदै आएको छ । 

केन्द्रका प्रमुख कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठका अनुसार बीरगञ्जमा बीरगञ्ज दृष्टि आँखा केन्द्र, बाराको कलैया, काठमाण्डौंको चावहिल, जमलसहित कलंकीमा केन्द्र स्थापना गरीएको छ । 

नेत्र विशेषज्ञहरुको क्रियाशिलतामा स्थापना भएको केन्द्रले मोतियाविन्दुको बिना इन्जेक्सन अत्याधुनिक प्रविधिद्वारा शल्यक्रिया गर्ने केन्द्रका प्रमुख कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । साथै केन्द्रले आँखाको नानी प्रत्यारोपण, रेटिना(पर्दा)को शल्यक्रियाका साथै डेढो आँखा, आँखाबाट पिप बगिरहने, मासु पलाएको जस्ता सेवा समेत उपलब्ध गराउने बताएका छन् ।  

दृष्टि आइ केयर सिस्टम कलंकीमा शल्यक्रिया पश्चात हुन सक्ने इन्फेक्सनलाई न्यूनिकरण गर्न शलयक्रिया कक्षलाई सम्पूर्ण रुपमा भिनाइल फ्लोरिङ गरी हेपा फिल्टर राखि अन्तर्राष्ट्रिय स्तरको बनाइएको केन्द्रको दाबी रहेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै हरीवंश आचार्यले आफ्नो श्रीमतीलाई बचाउन नसकेता आफु मर्दा मर्दै पनि दुई जना रुकुमका बालबालिकाले संसार देख्न पाएको खुसी रहेको बताए । 
 

Last modified on 2017-06-15 15:11:22

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts