मिर्गाैला रोगीको उपचारका लागि आर्थिक सहयोग



Download our app to get more features

बाबियाचौर (म्याग्दी), १५ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका मिर्गौला रोगी कुमार पुनको उपचारका लागि रु २० लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । 

दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि थलिएका ३४ वर्षीय पुनको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका बिमवासीले रु २० लाख छ हजार सातसय आर्थिक सहयोग गरेका हुन् । 

चन्दा सहयोग जुटाएर पुनको मिर्गौला प्रत्यारोपण गरिएको कोरियामा आर्थिक सङ्कलन अभियानको संयोजन गरेका म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) का सहकोषाध्यक्ष ओमनारायण जुक्जालीले जानकारी दिए । 

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका पुनलाई केही दिनअघि आमाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । बिहीबार काठमाडाँैमा आयोजित कार्यक्रममा सङ्कलित रकम पुनका आफन्तलाई हस्तान्तरण गरिएको जुक्जालीले बताए । 

परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि बेलायत, दक्षिण कोरिया, हङकङ, बेल्जियम, पोर्चुगल, साउदी अरब, कतार, जापानलगायत विश्वका विभिन्न देश तथा बेनी, काठमाडौँ, पोखरा र गाउँमै रहेका बिमका बासिन्दाले सहयोग सङ्कलन अभियान सञ्चालन गरेका थिए । रासस
 

Last modified on 2017-06-15 16:36:26

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts