किन धेरै बच्चामा जण्डिस हुन्छ ?(भिडियो सहित)
जण्डिस के बच्चा, के युवा के किशोर के वृद्धा सबैलाई हुन्छ । तर तुलानात्मक रुपमा जण्डिस बच्चाहरुमा बढी देखिन्छ । बच्चामा जण्डिस देखिने कारण र बचाउने उपायबारे बालबालिकाको पेट, कलेजो तथा पोषण विशेषज्ञ डाक्टर विनिता जोशीसँग गरिएको कुराकानीमा आधारित सामाग्री ।
जण्डिसबारे धेरैलाई भ्रम छ की यो रोग हो । त्यसो हैन, यो त कुनै रोगको लक्षण मात्र हो । जण्डिस सबै उमेर समुहका व्यक्तिमा देखिए पनि विशेष गरेर बच्चाहरुमा बढी देखिने गर्दछ । नवजात शिशुदेखि १५ वर्षका बच्चाहरुमा फरक फरक कारणले जण्डिस हुने गर्दछ ।
बच्चामा जण्डिस हुने प्रमुख कारण :
- बच्चामा जन्मजात नलीको पूर्ण बिकास नहुनु ।
- इन्जाइमको कमी ।
- कलेजोमा संक्रमण हुनु ।
- हेपटाइटीस ए र ईको संक्रमण ।
- वंशाणुगत गुण ।
- शरीरलाई आवश्यक मात्रामा तथा स्वच्छ पानी नपिउनु ।
- जंफुडहरुको बढी सेवन गर्नु ।
जण्डिसका लक्षणहरु :
जण्डिस आफैमा कुनै रोगको लक्षण हो । यद्यपी जण्डिस भएमा यस्ता लक्षणहरु देखा पर्छन्
- आँखामा पहेँलो देखिने ।
- दिशा सेतो हुनु ।
- खाना मन नलाग्ने ।
- वाक्वाकी लाग्ने ।
- बेहोस हुने ।
- केही बालबालिकामा मुखबाट रगत आउने ।
जण्डिस भएका समयमा नुन तथा चिल्लोको प्रयोग धेरै भएका खानेकुरा खानु हुँदैन । पहेँलो खानेकुराहरु पनि कम गर्नुपर्दछ । धेरै मानिसहरुमा उसिनेको खाना मात्र दिनुपर्छ भन्ने भ्रम छ । तर, यस्तो बेला बच्चालाई खाना मन नलाग्ने हुनाले स्वादिलो खानेकुराहरु पनि खुवाउनुपर्छ । बेस्वादका खाना मात्र दिँदा बच्चामा पोषणको कमी भई अझ अन्य रोग निम्तिन सक्छ ।
यस अर्थ बढी मसलादार, कार्बोहाइडेड भएका खाना नदिए पनि बच्चाले रुचाउने सफा र स्वस्थ खाना दिनुपर्छ । जसले जण्डिस निको पार्न सहयोग गर्छ । जण्डिसको बेलैमा उपचार नभए कलेजोमा असर पुग्न सक्छ जसले गर्दा टाउको लगाएतका अंगमा समस्या आउन सक्छ ।
जण्डिस हुन नदिन यसो गर्ने :
नवजात शिशुमा हुने जण्डिस धेरै जसो २१ दिनभित्र घाम वा बत्तिको सहायताबाट हटाउन सकिन्छ । यसो गर्दा पनि निको भएन भने तुरुन्त विशेषज्ञकोमा लैजानु पर्छ ।
स्वस्थ खाना खुवाउने । स्वस्थ पानी प्रशस्त पिउन लगाउने । हेपटाइटिस ए लगाएतका रोग निदानका खोपहरु लगाउने । जंफुडहरुको सेवन गर्न नदिने । कुनै पनि लक्षणको शंका लागे जतिसक्दो छिटो चिकित्सककोमा लैजानु पर्दछ ।
भिडियो हेर्नुस् ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>