विशेष अदालतमा आठ स्वास्थ्यकर्मी बिरुद्ध अख्तियारको आरोप पत्र
काठमाण्डौ, १२ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अञ्चल अस्पतालका आठ जना कर्मचारी बिरुद्ध विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ ।
अख्तियारले भेरी अंचल अस्पताल, बााँकेमा तत्कालिन अवस्थामा कार्यरत डा. पिताम्बर सुबेदी, शाखा अधिकृत माधि प्रसाद ज्ञवाली, लेखा अधिकृत पदम बहादुर जि.सी, नर्सिङ अधिकृत हररकला के.सी छन्
त्यसैगरी अख्तियारले हाउस कपिङ सपुरभाईजर शोभा कुमारी पौडेल, प्राथमिक स्वास्थ्यकेन्द्र भलम्सा रोकायागाउँ, जाजरकोटमा कार्यरत अ.न.मी. विष्णुमाया कठायत र स्वास्थ्य चौकी साल्मा, जाजरकोटमा
कार्यरत अ.न.मी. सुलोचना चन्द बिरुद्ध आरोप पत्र पेश गरेको छ ।
कामको सिलसिलामा भ्रमण गरेको भनी नक्कली टिकट पेश गरेको वास्तविक लागत भन्दा बढी मुल्यको टिकट पेश गरी भ्रमण भत्ता वापतको रकम भुक्तानी लिएको भन्दै आरोप पत्र पेश गरेको हो ।
-
View Other Stories by Author >>
