कोलेस्ट्रोलबाट यसरी राख्न सकिन्छ मुटु र दिमागलाई सुरक्षित
हामीले सँधै सुन्ने गर्छौ, कोलेस्ट्रोल धेरै नै खतरनाक हुन्छ हाम्रो स्वास्थ्यका लागि । रगतमा बिकार युक्त कोलेस्ट्रोलको मात्रा बढ्नाले धमनिहरुमा रगत बग्नमा बाधा पुर्याउँछ र यसले दिमागलाई पनि हानि पुर्याउँने आशंका बढ्ने हुन्छ । यस अवस्थामा सँधै कोसिस गर्नुपर्छ, सकेसम्म कम बोसोयुक्त खाना खाने ताकि तपाईँको मुटु र दिमाग स्वस्थ रहन सकोस ।
आहारमा हानिकारक वोसो हुनु खतरनाक हुन सक्छ, यसको अत्यधिक मात्राले कोलेस्ट्राल बढाइदिन्छ जसले मस्तिष्कमा बिटा एमिलोइड प्लेक्स बन्न थाल्छ । यसले दिमागको कोशिकाहरुलाई क्षति पुर्याउने गर्छ र सूक्ष्म धमनिहरुमा रुकावट उन्पन्न गर्छ । यसको सोझो असर दिमागको कार्यक्षमता र स्मरणशक्तिमागि पर्न जान्छ ।
भारत लखनऊका एक चिकित्सक डा. अमृत राजका अनुसार सैचुरेटेड फ्याटयुक्त पदार्थ जस्तै ः घ्यू, मक्खन, चीज, पनीर, मासु आदि र ट्रान्सफ्याटयुक्त पदार्थ जस्तै ः तारेको परिकार, नुनिलो, चिप्स, बिस्कुट आदिको सेवन गर्नाले मानसिक स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । यी सब खानाको साटो अनसैचुरेटेड फ्याटयुक्त पदार्थ जस्तै ः जैतून, सूर्यमुखि, बदाम मूम्फली, सोयाबीन तथा आलसको तेलको उपयोग गर्नु राम्रो हुन्छ ।
उनले भने, ‘ ड्राइ फ्रुट्स मा पनि यस प्रकारका बोसो हुन्छ जुन दिमागी विकासका लागि फाइदाजनक हुन्छ । फल, हरीयो साग, तरकारी, अनाज, जैतून वा आलसको तेल आदि दिमागको सुक्ष्म रक्त वाहिनि नलिहरुलाई ठिक राख्नमा सहयोगी हुन्छ ।
आलस मा ओमेगा–३ फ्याटी एसिड हुन्छ जुन एक उत्तम एन्टी अक्सिडेन्ट हुनुका साथ साथै रगतमा बीटा–एमिलोइड प्रोटीन को मात्रा पनि कम गर्छ ।
डा. राजका अनुसार, उमेर बढ्नुको साथ साथै कोलेस्ट्रोल र शरीरमा रगतको मात्रा र ब्लड प्रेशरलाई नियन्त्रणमा राख्नु आवश्यक छ । किनकि रक्तचाप, मधुमेह तथा मोटापना जस्ता रोेगले पनि स्मरणशक्ति कमजोर हुन्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>