स्वास्थ्यको जिम्मा केन्द्रिय तहबाटै हुनुपर्छः गोदान
काठमाडौ, १० बैशाख। स्वास्थ्य क्षेत्रलाई प्रदेशको भरमा छोडिदिने हो भने स्वास्थ्य क्षेत्रको अवस्था अस्तब्यस्त हुने भन्दै स्वास्थ्यको जिम्मा केन्द्रीय तहबाटै हुनुपर्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् ।
सरकारी चिकित्सक संघ (गोदान) द्धारा आइतबार राजधानीमा आयोजित ‘संघीयतामा स्वास्थ्य संरचना र चिकित्सक समायोजन तथा भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा संघीयतामा स्वास्थ्य संरचना र चिकित्सक समायोजन तथा भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बिज्ञहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाल मेडिकल काउन्सिलका सदस्या प्रा. डा. ढुण्डी पौडेलले स्वास्थ्य समायोजन र प्रादेशिक विभाजनलाई अन्य विधा भन्दा फरक रुपमा प्रस्तुत गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई केन्द्रीय तहबाट हेरिनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ प्रविधि र उपचारका लागि ठूलो खर्च हुने, दक्ष जनशक्ति चाहिने भएकाले अस्पताल तथा चिकित्सकहरुको व्यवस्थापन केन्द्रिय सरकारद्धारा नै गरिनुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा. रामेश कोइरालाले मन्त्रालयले संघीयताका लागि गरिरहेका तयारी तथा विगत ७ महिनाको मन्त्रालयको स्वास्थ्य सुधारको अभियानको खाका प्रस्तुत गरेका थिए । महारनगरपालिका तथा गाउपालिका मा केन्द्र र प्रदेश अन्तर्गत स्वास्थ्य प्रशासन सम्बन्धिको अस्पष्टतालाई चिर्दै संघीयतालाई टेवा र्पुयाउने नीति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखाबाट सागर थापाले मन्त्रालयको संघीयताको कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रममा डा. दिपेन्द्र रमण सिंहले आफ्नो धारणा राखेका थिए ।
देशभरका विभिन्न चिकित्सक, स्वास्थ्य मन्त्रालय तथा निति योजनका जानकारहरु बिचको सम्मेलनले देश संघीयतामा गइसकेको अवस्थामा स्वास्थ्यको रुपरेखा कस्तो रहने भन्ने विषयमा छलफल गरेर मन्त्रालय र संसदलाई स्पष्ट सुझाव दिने कार्ययोजना तयार पार्न डा. सुनिल पौडेलको अध्यक्षतामा समिती समेत गठन गरेको छ ।
जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>