कान्तिका चिकित्सकमाथी हातपात गर्ने श्रेष्ठलाई ५ दिन हिरासतमा राख्न आदेश
काठमाण्डौं, १० बैशाख । गत बुधबार कान्ति बाल अस्पतालमा चिकित्सक माथि हातपात गर्ने अलिन श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले ५ दिन म्याद थप गरी हिरासतमा राख्न आदेश दिएको छ । श्रेष्ठलाई प्रहरीले सार्वजनिक अपराध ऐनअनुसार मुद्दा दायर गरेको थियो।
अनुसन्धानका लागि जिल्ला प्रशासन लगिएका श्रेष्ठलाई ५ दिनको म्याद थप गरीएको आवासिय चिकित्सक डा. सरोज गिरीले हाम्रो डक्टरलाई जानकारी दिए । उनले भने ‘सार्वजनिक मुद्धामा श्रेष्ठलाई बढी भन्दा बढी कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा निवेदन समेत दिएका छौं ।’
गत बुधबार मानसिक समस्याको उपचार गराउन दुई वर्षिया बालक सोहन श्रेष्ठलाई लिएर अस्पताल आएका उनका ठूलाबुबा अनिल श्रेष्ठले ड्युटीमा खटिएका आवासीय चिकित्सक डा. मुकुन्द देवमाथी हातपात गरेका थिए ।
हातपात लगत्तै भागेको श्रेष्ठलाई शुक्रबार प्रहरीले हिरासतमा लिएको थियो ।
चिकित्सकमाथी भएको हातपातको विरोधमा आवासीय चिकित्सकहरुको संगठन रेजिडेन्ट डक्टर एशोसियसन नेपालले दोषीलाई कारबाही र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको सुरक्षाको प्रत्याभुत हुनुपर्ने माग राख्दै आन्दोलन गरीरहेको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>