बाथका लागि आयुर्वेदिक उपचार उत्तम ( भिडियो सहित)



Download our app to get more features

छिल्लो समय आयुर्वेदिक उपचार पद्धति सबै रोग निदानको लागि अति प्रभावकारी बन्दै गएको छ । उपचारमा केही समय लाग्ने भएपनि रोग निधान, उपचार पछि कम साइड इफेक्ट र आर्थिक रुपमा पनि सहज हुने भएकाले आयुर्वेदिक उपचारमा आर्षण बढेको हो । आयुर्वेदिक उपचार पद्धतिबाट बाथको उपचार प्रभावकारी तरिकाले गर्न सकिने चिकित्सकहरु बताउँछन् । यसै विषयमा आयुर्वेदिक डाक्टर नवीन बास्तोलासँग गरिएको कुराकानी :

आयुर्वेदका अनुसार बाथ भन्नाले हड्डीमा लाग्ने रोग हो । हामीले खाएको खाना वा विभिद कारणले शरीरमा निस्किएको फोहोर लामो समयसम्म जोर्नीहरुमा जमेर बस्नु नै बाथ हो । 

बाथ धेरै प्रकारका हुन्छन् । त्यसमा पनि अधिकांश मानिसलाई आमा बाथ लाग्ने गर्छ ।

यस्का लक्षणहरु :

  • बिहान उठ्दा जीउ कक्रक्क हुने ।
  • बादल लागेको वा पानी परेको बेला बढी दुख्ने ।
  • जोर्नीहरु सुन्निने ।
  • प्रायः दुखाई एकै प्रकृतिको हुने ।
  • हड्डी चिलाए जस्तो हुने ।

लाग्ने कारण :
शरीरलाई अनाआवश्यक खानेकुरा बढी खाँदा, पचाउन गाह्रो हुने वा दुषित खानेकुरा खाँदा बिकार उत्पन्न हुन्छ । त्यस्तो बिकार हड्डीको जोर्नीमा जम्मा हुँदा बाथ रोग लाग्छ ।  

बच्ने उपाय :
बढी चिसो हुने, ग्यास हुने र पचाउन गाह्रो हुने खाना नखाने । सक्रिय जीवन शैली जीउने । यो सबै उमेरमा देखा पर्न सक्छ त्यसैले आफ्नो स्वास्थ अबस्था हेरेर सचेतता अपनाउनु पर्छ ।

उपचार पद्धति :
आयुर्वेदको पञ्चकर्मद्धारा बाथको उपचार गर्न सकिन्छ । यसरी हड्डीमा जम्मा भएको बिकारलाई विशेष उपकरणको माध्यमबाट स्टीम दिई दिसा पिसाब मार्फत बाहिर निकालिन्छ र बाथलाई पूर्ण निको पारिन्छ । यसको अलाबा बाथको चरण वा प्रकृति हेरी खाने औषधिको पनि सेवन गर्न सकिन्छ । यस्तो उपचार पद्धतिबाट उपचार गरिएको बाथ पुनः दोहोरीने संभावना न्यून रहन्छ  ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-06-16 14:26:25

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. नमस्कार हज़ूर ...डाक्टर को नेम र अड्ड्रेस्ट खुलायरा दीनू होला।धनायबद


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts