नर्भिक हस्पिटलले सुविधा सम्पन्न नयाँ भवन बनाउने 



Download our app to get more features

काठमाण्डौं, ९ बैशाख । नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ ।

हस्पिटलले शनिवार आफ्नो २४ औं वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै हस्पिटलका अध्यक्ष बसन्त कुमार चौधरीले हस्पिटलले आगामी ५ वर्षमा डेढ अर्बको लागतमा सेवा सुविधा सम्पन्न नयाँ भवन बनाउने घोषण गरेका हुन् ।  

२४ औं वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको विशेष समारोहको उपराष्ट्रपती नन्नु किशोर पुनले समुद्घाटन गरेका थिए । 

अस्पतालको ५ वर्षे महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्दै चौधरीले दुई भागमा विभाजित रहेको भिजन २०२२ नामक उक्त योजना अन्तर्गत हालको हस्पिटलको शैया दुई सय पु¥याउने र उक्त दुईसय शैया मध्ये अति सघन उपचार शैया ५०, प्राइभेट शैया ६०, जनरल शैया ९०, आकस्मिक उपचार शैया २० पु¥याउने बताए । साथै हालको अति विशिष्ट अन्तर्राष्ट्रियस्तरको तीन मोडुलर अपरेटिङ्ग सुइट्समा अरु ५ अति विशिष्ट मोडुलर अपरेटिङ्ग सुइट्स थप्दै मोडुलर अपरेटिङ्ग सुइट्सको संख्या ८ पु¥याउने योजना रहेको बताउनुभयो ।

अस्पतालको नयाँ योजनामा हृदयरोग केन्द्र, पाचन प्रणाली उपचार केन्द्र, अति विशिष्ट मातृ तथा शिशु उपचार केन्द्र, आई.भी.एफ. केन्द्र, श्वास–प्रश्वास तथा अति जटिलपूर्ण रोग उपचार केन्द्र छुट्टछुट्टै विभागको रुपमा विकास गर्नुको साथै नयाँ भवनमा हेलिप्याड सुविधा सहितको ट्रमासम्बन्धित उपचार  केन्द्र समेत रहने बताईएको  छ । 


 

Last modified on 2017-06-16 15:27:02

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts