डा. संजय कार्कीलाई ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’



Download our app to get more features

काठमाण्डौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् ।

अमेरिकाको  ओटामा हालै सम्पन्न इएमएस टुडे २०१७ विशेष समारोहमा  इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा. कार्की पुरस्कृत भएका हुन् ।

डा. कार्कीलाई नेपालमा हस्पिटल बेस्ड इमर्जेन्सी मेडिसिन सर्भिस तथा हेली इमर्जेन्सी मेडिसिन सर्भिसमा पुर्याएको विशिष्ठ योगदानको कदर गर्दै इएमएस टुडे म्यागजिन, जोर्नल अफ इमरजेन्सी मेडिकल सर्भिस, पेन ह्वील कर्पोरेसन, फिजियो कन्ट्रोल, स्ट्राइकर लगायतका संस्थाहरुले संयुक्त रुपमा उनलाई सम्मानित गरेका हुन् ।

उनलाई नेपालमा हस्पिटल बेस्ड प्रि हस्पिटल केयर तथा इमर्जेन्सी मेडिकल सर्भिस स्थापित गर्न तथा यस अन्तर्गतको हेलिकप्टर इमर्जेन्सी मेडिकल इमर्जेन्सी सर्भिस ग्राण्डी अस्पतालको माध्यमबाट सुरु गरी  सयौं बिरामीहरुको जिवन रक्षा गर्न पुर्याएको अतुलनिय योगदानका लागि कदर गर्दै पुरस्कृत गरीएको हो । 

हस्पिटल बेस्ड इमर्जेन्सी मेडिकल सर्भिस (एचईएमएस) मा पुर्याएको बिशिष्ट योगदानका लागि संसारभरबाट १० जनालाई हरेक वर्ष प्रदान गरीने इएमएस  १० इनोभेटर्स अफ द इयर अवार्ड बाट सम्मानित हुने डा. कार्की पहिलो नेपाली हुन् ।

डा. कार्कीले भने ‘बिगतमा हेलिकप्टरमा बिरामी राखेर मात्र ल्याउने गरिएकोमा  ग्राण्डी अस्पतालको इमर्जेन्सी तथा इएमएस सेवा मार्फत मेडिकल टिम, आवश्यक उपकरण तथा औषधि समेत पठाएर अन सिन देखी अस्पतालको गेटसम्म आवश्यक उपचार गर्दै सुरक्षित अवस्थामा लिएर आउने काम गरीरहेकाले उनीहरुको छनौटमा उत्कृष्ट भएका हौं।’

अवार्ड पाइसकेपछि आफुमा थप जिम्मेवारी थपिएको अनुभव भएको बताउँदै डा. कार्कीले भने ‘ग्राण्डी अस्पतालको शुरुवात देखीनै आफु संलग्न रहेर इएमएस तथा एचइएमएस लगायतका सेवा सुरुगर्न पाएकोमा अत्यन्त खुसी लागेको छ ।’

अस्पतालको सहयोग, चिकित्सक, नर्सका साथै अहोरात्र खटिने प्यारामेडिक्सको सहयोगले अवार्ड पाउन सफल भएको बताउदै कार्कीले आफुलाई सहयोग गर्ने सबै प्रती आभार प्रकट गरे । 

अस्पतलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले यो अवार्ड डा. कार्की, अस्पतालले मात्र नभई सारा नेपालीले पाएको बताए । उनले भने ‘यो अवर्डसँगै अस्पतालको थप जिम्मेवारी थएिको छ, आगामी दिनमा थप गुसणस्तरिय सेवा प्रदान गर्न हौसाला दिएको छ ।’ 

डा. कार्की नेपालमा अस्पतालमा आधारित इमर्जेन्सी सर्भिस तथा हेलिकप्टर एम्बुलेन्स र मेडिकल ब्याकअप सहितको मेडिभ्याक सर्भिसको लागि यस अघि सन् २०१४ मा डेभिड वेल इक्सट्रिम मेडिसिन अवार्डबाट पनि सम्मानित भइसकेका छन् ।  

Last modified on 2017-06-16 15:34:28

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts