हैजा लागेर दक्षिणी सुडानमा १७२ जनाको मृत्यु



Download our app to get more features

जुवा, ९ बैशाख । दक्षिणी सुडानका १४ ओटा प्रदेशमा हैजाका कारण १७२ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले बिहीबार जनाएको छ । 

राष्ट्रसङ्घको मानवीय सहायता संवन्धी कार्यालयका एक जना अधिकारीले सन् २०१६ को जुन १८ देखि अहिलेको अप्रिल १४ सम्ममा छ हजार २२२ ओटा हैजासम्वन्धी विरामी भेटिएको जानकारी दिए । 

सुख्खा मौसमका बेलामा देशभरी यस्ता नयाँ विरामीहरु पनि थप देखिँदै गएको उनले बताए । 

लगातारको द्वन्द्वका कारण विस्तापित हुनुपर्ने, विस्थापित भएका ठाउँमा खाना, पानी, सरसफाई राम्रो नहुने लगायतका कारणले हैजा हुने गरेको राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । रासस
 

Last modified on 2017-06-16 15:35:39

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts