चिकित्सक शर्मालाई कारवाही नगर्न सर्वोच्चको आदेश

What's This?


Download our app to get more features

काठमाण्डौं, ७ बैशाख । सर्वोच्च अदालतले स्त्री तथा प्रशुती रोग विशेषज्ञ डा. नुतन शर्मालाई तीन महिना निलम्वन गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीशद्धय गोपाल प्रसाद पराजुली र चोलेन्द्र शम्शेर राणाको संयुक्त इजलासले विहिवार शर्र्मालाई कारवाही गर्ने काउन्सिलको निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश जारी गरेको हो । 

करिब ५ बर्ष अघि परेको बेनामे उजुरीलाई आधार बनाउदै काउन्सिलले २०७२ साउन २४ गते शर्मालाई तीन महिनासम्म चिकित्सकीय पेशा गर्र्न नपाउने गरि निलम्वन गर्ने निर्णय गरेको थियो । 

अख्तियारको निर्देशनलाई आधार बनाउदै काउन्सिलले लिंग पहिचान गरि गर्भपतनका लागी उत्प्रेरित गरेको भनि परेको बेनामे उजुरीका आधारमा शर्मालाई निलम्वन गरेको थियो । 

उक्त निर्णयलार्ई पुनरावेदन अदालत पाटनले ९ महिना अघि सदर गरेपछि शर्माले सर्वोच्चमा मुद्धा दोहायाई हेर्न अपिल गरेकी थिइन । शर्माले मुद्धा दोहयाई हेर्न दायर गरेको निवेदनमा सर्वोच्चले निस्सा दिए पनि काउन्सिलले गत चैत्र २४ गते शर्मालाई कारवाहीको निर्णय गरेको थियो ।

सर्वोच्चले निस्सा दिएको पत्र वारे लिखित जानकारी गराएको भोली पल्टै काउन्सिलले शर्मालाई तीन महिना निलम्वन गर्ने निर्णयसहितको पत्र बुझाएको थियो । सर्वोच्चमा बिचराधीन बिषयलाई अवज्ञा गर्दै काउन्सिलले शर्मालाई निलम्वन गर्ने निर्णय गरेपछि त्यस विरुद्ध शर्मा सर्वोच्च पुगेकी थिइन । 

सर्वोच्चले शर्मा माथी लागेको आरोप सम्बन्धी बिषय अदालतमा बिचराधीन रहेको भन्दै मुद्धाको अन्तिम टुंगो नलागेसम्म काउन्सिलको निर्णय कार्यान्वन नगर्न/नगराउन अन्तरकालिन आदेश दिएको हो ।

Last modified on 2017-06-16 15:58:09

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts