जनै खटिराको बेलैमा उपचार नभए मृत्यु ? (भिडियो सहित)
जनै खटिरा एक प्रकारको भाइरल इन्फेक्सन हो । भेरिसेला जोष्टर भाइरसका कारण जनै खटिरा आउँछ । जनैको जस्तो आकारमा देखिने भएकाले यसलाई जनै खटिरा भनिएको हो ।
जनै खटिरा लागेपछि निको हुँदैन र मृत्यूसम्म हुन्छ भन्ने भ्रम जनमानसमा रहेको छ । बास्तवमा के हो त जनै खटिरा ? कस्ता व्यक्तिलाई यो रोग लाग्ने संभावना रहन्छ ? के हुन् जनै खटिराका लक्षण र उपचार नगरे कस्तो जोखिम आउन सक्छ ? जनै खटिराको विषयमा वरिठ छाला रोग विशेषज्ञ डा. नितेश राज पोखरेलसँगको कुराकानीमा तयार पारिएको सामाग्री ।
जनै खटिरा सबै उमेरका मानिसलाई हुन्छ । विशेषतः पहिले ठेउला आएका व्यक्तिमा जनै खटिरा आउँने संभावना बढी हुन्छ । यसको अर्थ ठेउला आउने सबैमा जनै खटिरा देखिन्छ भन्ने छैन ।
यो भाइरस शरीरमा एक पटक प्रबेश पछि जीवनपर्यन्त रहन्छ । सुसुप्त रुपमा बस्ने भाइरस अलिकति अनुकुल समय वा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएमा पुनः देखापर्दछ ।
कस्ता व्यक्तिलाई जनै खटिरा आउने संभावना प्रवल हुन्छ ?
- पहिले ठेउला आएका ।
- एचआभी भएका ।
- मधुमेह, मृगौला, मुटु, क्यान्सर लगाएतका दीर्घ रोगी ।
लक्षणहरु :
- खटिरा आएको ठाउँमा धेरै दुख्ने ।
- पानीका स–साना फोका आउने ।
- शरीरको कुनै एक पाटोमा खटिरा आउने ।(हात, पाखुरा, खुट्टा वा कुनै पनि ठाउँमा)
- झस्का हाने जस्तो गरि दुख्ने ।
जनै खटिरा लागि सकेपछि जति सक्दो छिटो परीक्षण गराउनु पर्छ । यसको एक दुई दिन भित्रमा परीक्षण गरि औषधि सेवन गरेमा दुखाई कम हुनुका साथै रोग पनि छिट्टै निको हुन्छ ।
यो रोग लागिसके पछि कसैलाई एक दुई हप्तामा ठीक हुन्छ त कसैलाई एक दुई वर्षसम्म दुखाई रहिरहने हुन्छ ।
समयमै उपचार नगरे यस्ता रोगको जोखिम उच्च :
- मुख बांगो हुने ।
- आँखामा दृष्टि कम हुने ।
- मष्तिस्क घात हुने ।
समयमै उपचार नगरेको अबस्थामा यो रोगले मृत्यु समेत हुन सक्छ । यस कारण जति जक्दो छिटो उपचार गर्नु पर्दछ ।
भिडियो हेर्नुस् ।
2 Comments
-
ठेउला नअाएका, मुटु, hiv, मृगाैला, क्यान्सर अादि ईत्यादि नभएकालाई पनि जनै खटिरा अाएकाे छ । उसलाई अाउनुकाे कारण के हाे ? अनि शुरूमा मृत्यु भ्रम हाे भनिएकाे छ फेरि अन्तमा मृत्यु पनि हुन सक्छ भनेर ससंकित पारिएकाे छ खास भन्न खाेजिएकाे कुरा के हाे? बिरामीले थाहा पाए त उ झन् अात्तिन्छ नि हैन र ?
-
यसको रोक थाम र अौषधी को नाम भन्दिनु भएको भए राम्रो हुने थियो ॥
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>