अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

What's This?


Download our app to get more features

हौस्टन, ६ वैशाख । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लुबुस फोक्सो सुनिने रोग (निमोनिया) भएपछि अस्पतालमा भर्ना भएका छन् । 

९२ वर्षीय पर्वराष्ट्रपति बुसलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको उनको एक जना प्रवक्ताले मंगलबार जानकारी दिएका छन् । 

उनी गत शुक्रबार अस्पतालमा भर्ना भएको बताइएको छ । उनको स्वास्थ्य अवस्था सुधारका लागि थप आराम गर्न चिकित्सकले सुझाव दिएको परिवारका सदस्यहरुले बताएका छन् । 

उनका प्रवक्ताले पूर्वराष्ट्रपति बुसको स्वास्थ्य अवस्थामा सुधार आइसकेको पनि जानकारी दिएका छन् । यसअघि गत जनवरीमा पनि स्वासप्रस्वासमा समस्या भएपछि उनलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको थियो । 

उनी सन् १९२४ मा जन्मेका हुन् । सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको ४१ औं राष्ट्रपति बनेका थिए । रासस/सिन्ह्वा 

Last modified on 2017-06-18 13:20:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts