एमाले अध्यक्ष ओलीको स्वास्थ्य प्रतिवेदन राम्रो



Download our app to get more features

काठमाडौँ, ६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डमा छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैङ्ककमा रहेका ओलीको स्वास्थ्य परीक्षणबाट सबै प्रतिवेदन राम्रो भएको जनाइएको छ ।

अध्यक्ष ओलीका निजी सचिव अनिश दाहालका अनुसार पूर्वप्रधानमन्त्री ओली यही वैशाख ७ गते स्वदेश फर्कने छन् । उनी गत चैत २६ गते त्यसतर्फ गएका थिए । उनीसँगै साथ पत्नी राधिका र निजी चिकित्सक डा दिव्या सिंह छन् । रासस

 

Last modified on 2017-06-16 17:35:33

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts