टाउको दुखाईबाट छुटकारा पाउन अपनाउनुस् यी चार उपाय 



Download our app to get more features

तै तपाई धेरै औषधि प्रयोग गर्दै हुनुहुन्छ कि ? यदि धेरै औषधि प्रयोग गर्नुहुन्छ भने त्यसले टाउको दुख्ने समस्या पनि निमत्याउन सक्छ । तपाई कुनै जरुरी काम गरिरहेको बेला अचानक जोडले टाउको दुख्ने गर्छ होला ।

अहिलेको समयमा हामी सानो भन्दा सानो स्वास्थ्य समस्या देखा पर्दा आत्तिएर छिट्टै औषधि प्रयोग गर्ने गर्छौ । यसले गर्दा टाउको दुख्ने समस्या पनि हुनसक्छ ।

चिकित्सकहरुले टाउको दुख्ने समस्याबाट छुटकारा पाउन केही घरेलु उपाय अपनाउन सुझाव दिएका छन् । ती घरेलु उपायहरु यस प्रकार छन् 

अदुवा
टाउको दुख्ने समस्यामा अदुवाको सेवन लाभदायक मानिन्छ  । रक्तकोषिकाको माध्यमबाट हुने दुखाईलाई कम गर्न अदुवाले काम गर्छ । अदुवालाई पानीमा उमालेर पिउनुलाई पनि फाइदाजनक मानिएको छ ।

दालचीनी
टाउको दुखाईबाट छुटकारा पाउन दालचीनीको प्रयोग फाइदाजनक मानिन्छ । दालचीनीलाई पिसेर धुलो बनाई पानीको मिश्रणमा टाउको दुखेको अवस्थामा लगाउँदा केही क्षण पछि आराम महशुस हुन्छ । 

ल्वाङ
टाउको दुखाईबाट छुटकारा पाउन ल्वाङ पनि एक अचुक औषधिको रुपमा मानिन्छ । ल्वाङले दुखाईलाई नियन्त्रण गर्छ । केही ल्वाङका टुक्राहरुलाई सफा कपडामा बाँधेर केही क्षण सुँघिरहदा टाउको दुखाई विस्तारै कम हुँदै जान्छ । 

चमेली फुलको चिया
चमेली फुलको चिया सेवनबाट टाउको दुखाईलाई कम गर्न सकिन्छ । टाउको दुखिरहने समस्या हुने व्यक्तिले चमेली फुलको चिया नियमित सेवन गर्दा फाइदाजनक मानिन्छ । चमेली फुलको चियामा आफ्नो स्वाद अनुसार केही चिम्टि बेसार मिसाएर सेवन गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

Last modified on 2017-06-18 13:29:44

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts