काठमाडौंमा फेरि देखिदै स्वाइन फ्लु, कसरी बच्नेर ?
स्वाइनफ्लु (इन्फ्लुएन्जा एच १ एन १ भाइरस) का कारण काठमाडौंमा एकजनाको मृत्यु भएको छ । काठमाण्डौंमा समय समयमा देखिने स्वाइन फ्लु फेरी देखिएको छ । यसले आमनागरिकमा एक किसिमको सन्त्रास समेत पैदा गरेको छ ।
स्वाइन फ्लु मानिसहरुमा चाडै फैलने एक किसिमको भाइरसले गर्दा स्वासप्रश्वास नलीमा हुने संक्रमण हो ।
स्वाइन फ्लू एक खतरनाक भाइरसको संक्रमणबाट लाग्दछ । मेक्सिकोको वेराक्रुजको एक सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएकाले यसलाई केही स्थानमा सुँगुर ज्वरो पनि भन्ने गरीन्छ । स्वाइन फ्लु संक्रमणका लागी विभिन्न ४ प्रकारका भाइरसहरु एच वन एन वन (H1N1) एच वन एन टु (H1N2) एच थ्री एन टु (H3N2) र एच थ्री एन वन (H3N1)लगायत जिम्मेवार हुन्छन ।
कसरी फैलन्छ स्वाइन फ्लुर ?
सुँगुरबाट मानिसमा सर्ने H1N1 भाइरस नै यो रोगको कारक हो । सन् २००९ मा मेक्सिकोमा सुँगुरहरुबाट मानिसमा यो रोग सरेको प्रमाणित भएपछि यसलाई स्वाइन फ्लु भन्न थालिएको हो । त्यसपछि विश्व स्वास्थ्य संगठनले यसको विश्वव्यापी महामारी फैलिएको सतर्क गराएको थियो ।
यो रोग सुँगुरहरुको नियमित सम्पर्कमा रहिरहने मानिसमा देखिने गर्दछ । त्यसपछि संक्रमित व्यक्तिहरुबाट हावाको माध्यमले यो रोग स्वस्थ मानिसमा फैलने गर्छ । रोगीले खोक्दा, हाछ्यु गर्दा, बोल्दा हावामा नदेखिने पानीका स(साना फोकाहरुबाट यो रोग फैलने गर्छ । आँखाले नदेखिने यो भाइरस सार्वजनिक स्थानहरु जस्तै बस स्टप, बाटो, पार्क आदिमा लामो समयसम्म रहन सक्छ । रेलिंग, ढोकाको ह्याण्डल, लिफ्ट, ताल्चा(साँचो जस्ता बस्तुहरुमा यो भाइरस जीवित रहन सक्ने भएकाले यो रोग मानिसहरुमा चाडै महामारीको रुपमा फैलने सम्भावना रहन्छ ।
स्वाइन फ्लुको लक्षणहरु के हुन्
यो रोगको लक्षण सामान्य रुघाखोकी वा फ्लु जस्तै देखिने गर्छ ।
- ज्वरो आउने
- खोकी लाग्ने
- घाँटी दुख्ने
- शरीर दुख्ने
- टाउको दुख्ने
- काम्ने
- थकाई लाग्ने
- आलस्य हुने
- खान मन नलाग्ने
- वान्ता हुने वा झाडापखाला लाग्ने
जाँच कसरी गर्नेर ?
संभावित महामारी देखिएको स्थानमा फ्लु वा रुघाखोकीको लक्षण देखिएमा स्वाइन फ्लुको शंका गर्नुपर्छ । स्वाइन फ्लु भाइरस नै फ्लु को कारण हो कि हैन भनेर छुट्टाउन भने प्रयोगसालामा भाइरसको जेनिटिक जाँच गर्नुपर्ने हुन्छ ।
स्वाइन फ्लुको उपचार
भाइरल फ्लु भएका कारणले यसको उपचार मुख्य रुपमा लक्षणहरु कम गर्ने र अन्य सहयोगी विधीहरु हुन आउछ । निम्न विधीहरु अपनाउन सकिन्छस्
- आराम गर्ने
- प्रसस्त पानी र झोल कुराहरु पिउने
- ज्वरो र दुखाइ कम गर्न आवश्यकता अनुसार सिटामोल र अन्य दुखाइ कम गर्ने औसधी
- सिकिस्त विरामीहरुको हकमा नसाबाट सलाइन र शरीरको अन्य अंगहरुको नियमित निगरानी आवश्यक पर्न सक्छ ।
- चिकित्सकको सल्लाहमा एन्टी( भाइरल औसधीहरु पनि प्रयोग गर्न सकिन्छ ।
स्वाइन फ्लुबाट कसरी बच्ने ?
- बाहिर घुमेर आएपछि साबुन पानीले राम्रोसंग हात धुने, सकेसम्म हात नधोइकन आँखा, नाक र मुखलाई नछुने
- मास्कको प्रयोग गर्ने
- विरामी भएको खण्डमा घरमै बस्ने
- महामारी देखिएको स्थानमा सकेसम्म धेरै भिडभाडमा नजाने
- सुंगुरको हेरचाह गर्ने व्यक्तिले विशेष सावधानी अपनाउने र सुँगुरहरुमा संकास्पद विमारी देखिएमा समयमै जाँच गराउने ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>