उच्च रक्तचापले मुटुमा कस्तो असर गर्छ ? (भिडियो सहित)

सन्दर्भः विश्व उच्च रक्तचाप दिवस



Download our app to get more features

च्च रक्तचाप हरेक रोगको जड हो । उच्च रक्तचापले शरीरका विभिन्न अंगमा असर गर्दछ । यसले मुटुमा पनि विभिन्न समस्या निम्ताउँछ  । उच्च रक्तचापको बारेमा मुटुरोग विशेषज्ञ डा. मिलनप्रकाश श्रेष्ठका केही सुझावः 

उच्च रक्तचापका कारण मुटुमा यस्ता समस्या देखिन्छन् :

  • उच्च रक्तचापले मुटुका रक्त नलीहरु साँघुरो पार्छ ।  
  • रक्तनलीहरु साँघुरिने कारणले स्वतः रगत सञ्चालनमा अबरोध हुँदा 
  • हृदयघातको उच्च जोखिम रहन्छ । 
  • उच्च रक्तचाप अनियन्त्रित हुँदा मुटुले बढी प्रेसरमा काम गर्नु पर्छ । जसले गर्दा मुटु सुनिन्छ र आवश्यक काम गर्न सक्दैन् । 
  • मुटुको मांसपेशीमा समस्या आउँछ । 

उच्च रक्तचापले मुटुमा असर गर्दा यस्ता लक्षण देखिन्छ :

  • हिड्दा श्वास फेर्न गाह्रो हुनु । (समतल ठाउँमा हिड्दा पनि श्वास फेर्न गाह्रो हुने) 
  • छाती दुख्ने । 
  • छाती धुक्धुक गर्ने । 
  • दुबै खुट्टा सुनिने । 
  • जीउ झमझम् गर्ने । 
  • थकाई लाग्ने । 
  • खाना अपच हुने । 
  • कुनै पनि रोग लागे चाडै निको नहुने । 

यसबाट बच्ने उपाय :

  • उच्च रक्तचापलाई सम्भव भएसम्म नियन्त्रणमा राख्नु सबै भन्दा राम्रो । 
  • उच्च रक्तचापको औषधि सेवन गर्ने । 
  • उच्च रक्तचाप भै सकेको भए वा मुटुमा नै असर गरिसकेको भए छिट्टै 
  • मानसिक तनाव कम गर्ने । 
  • बढी चिल्लो,मसलादार खाना नखाने । 
  • कोल्डस्टोर गरिएको खानेकुरा नखाने । 
  • नियमित व्यायाम गर्ने । 
  • नुन कम खानुका साथै स्वस्थ खानपानमा ध्यान दिँदा उच्च रक्तचाप नियन्त्रण हुनका साथै मुटुमा गर्ने असरबाट बचाउँन सकिन्छ ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-06-18 13:34:55

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts