शल्यक्रिया सफल भएपनि जीवनभर हिड्न नसक्ने
विश्वकि सबैभन्दा मोटी महिला मिश्रकि इमान अहमदको दुई पटक सम्म शल्यक्रिया गरिसकिएको छ । उनी अहिले भारतको मुम्बईमा आफ्नो उपचार गराई रहेकी छिन् । मुम्बईस्थित सैफी अस्पतालमा चिकित्सकहरुले उनको तौल कम गर्नका लागि ऐतिहासिक सफलता नै प्राप्त गरेका छन् । तर, इमानका लागि एक नराम्रो खबर छ, उनको तौल कम भएपनि उनी जीवनभर हिड्न पाउने छैनन् ।
इमानको उपचार गरिरहेका चिकित्सकका अनुसार २५ वर्षदेखि ओछ्यानमै रहनाले उनको खुट्टाको मांसपेशीहरु कमजोर भइसकेका छन् । त्यैसले उनको हिड्ने सम्भावना शून्य कै बराबर भएको छ ।
के छ समस्या ?
इमानको उपचारमा संलग्न डाक्टर मुफज्जल लकड़ावालाका अनुसार, “उनको मोटोपनाका कारणले सम्बन्धीत उपचार गर्ने सम्भावना छैन् । अब जुन समस्या छ उनलाई त्यो न्यूरोलोजी सँग सम्बन्धीत छ । अहिले उनी बस्न र थोरै झुक्न सक्छिन् तर उनी कहिल्यै पनि आफ्नो खुट्टामा हिड्न भने सक्दिनन् । किनकी ११ वर्ष पहिला उनलाई भएको पक्षघातबाट अहिले सम्म पूर्ण रुपले निको भइसकेकी छैनन् ।” डा.लकडावालकाले भने,‘ चिकित्सकीय विधिमा इमानलाई उभ्याउन असम्भव छ तर म वाचा गर्छु कि उनी बसेरै आफ्नो देश जान सक्छिन् ।’
झण्डै ५ सय किलो हुँदा इमान दुई महिना पहिले भारतको मुम्बई पुगेकी उनको तौल २ सय ५० किलो कम भएको छ । उनको माटोपन कम गर्नका लागि शल्यक्रिया पनि गरियोे । अहिले इमानको उपचार न्यूरोलोजी विभागमा भइरहेको छ ।
आधा तौल कम भएपनि इमान अझौपनि सीटी स्क्यान मेशिनमा छिर्न सक्दिनन् । त्यसकारण चिकित्सकहरुले उनको थप ५० किलो तौल घटाउने योजना बनाइरहेका छन् ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>