सरकारी घोषणा अनुरुप पहिलोपटक दुईजनाले गराए निःशुल्क मिर्गौला प्रत्यारोपण 



Download our app to get more features

काठमाण्डौ, ३ बैशाख । सरकारी घोषणा अनुरुप नेपाल मानवअंग प्रत्यारोपण केन्द्रमा पहिलोपटक दुईजनाको निशुल्क मिर्गौला प्रत्यारोपण गराइएको छ । 

पोखराका ३० वर्षीय दीपक गुरुङ्ग र काठमाण्डौ नांग्लेभारेकी २७ वर्षीय लक्ष्मी ढकालको निशुल्क मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकरी दिए । पोखराका गुरुङ्गलाई उनकी ६० वर्षीया आमा सुनमाया गुरुङ्ग र ढकाललाई पनि उनकी ४८ वर्षीया आमा चन्द्रिका ढकालले मिर्गौला दिएकी हुन् । उनीहरु दुवैको आइतवार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रत्यारोपण पश्चात मिर्गौला लिने र दिने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक डा. श्रेष्ठले बताए । 

स्वास्थ्यमन्त्री गगन थापाले गत फागुन २६ गते विश्व मिगौला दिवसका दिन २०७४ बैशाखबाट मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने घोषणा गरेका थिए । 
 

Last modified on 2017-06-18 13:38:32

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts