नर्भीकमा उपचाररत पूर्वअधिराजकुमारी प्रेरणाको स्वास्थ्यमा सुधार
काठमाडौं, ३ बैशाख । अस्वस्थ भई चैत २५ गते नर्भीक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
उनको उपचारमा संलग्न चिकित्सकीय टोलीका अनुसार सिंहको बायाँ खुट्टामा देखापरेको कमजोरीमा उल्लेखनीय सुधार आएपछि उनी थप सहारामा हिंडडुल गर्न सक्ने भएकी छिन् ।
उनलाई ‘सेरिवल भनेस् साइनस् थम्बोसिस’ भएको पाइएको र सोही अनुसार उपचार चलाइएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नर्भिकका स्नायुरोग विशेषज्ञ डा. पंकज जलान र पूर्व अधिराजकुमारीका पारिवारीक चिकित्सक डा. किशोर जङ्ग राणा सिंहको उपचारमा संलग्न छन् ।
Last modified on 2017-06-18 14:33:23
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।