निशुल्क भनिएको चिकित्साशास्त्रको स्नातकोत्तरमा शुल्क असुल गरिएको भन्दै आवासीय चिकित्सक आक्रोशित



Download our app to get more features

काठमाण्डौ, ३ बैशाख । डा. गोविन्द केसीको अनशन पश्चात निशुल्क बनाएको भनिएको चिकित्सा शास्त्रको स्नातकोत्तर तहमा भर्ना शुल्क लिन खोजिएको भन्दै आवासीय चिकित्सकहरुले विरोध गरेका छन् । 
चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधी, २०७३ू को परिच्छेद २ को उपदफा (४) ले विश्वविद्यालय दर्ता शूल्क, काउन्सिल दर्ता शूल्क, पुस्तकालय शूल्क र परीक्षा शूल्क गरेर जम्मा ४ विधामा मात्र शूल्क लिन मिल्ने गरि स्पष्ट कानुनी व्यवस्था गरेकोमा बर्सेनि २५ हजारका दरले ७५ हजार शूल्क उठाउन खोजेको भन्दै नेशनल रेजिडेन्ट डक्टर्स एशोसियसनले कार्य भत्र्सना गरेको छ ।

के छ कार्यविधिमा ? 

एशोसियसनले गत वर्ष ४ विधामा मात्र शूल्क लिनुपर्नेमा विभिन्न शीर्षक थपेर गैरकानुनी तवरले १६ हजार असुल गरिएको छ।

एसोसियसले तत्काल शूल्क निर्धारणलाई खारेज गरेर कार्यविधि बमोजिम केवल ४ विधामा मनासिव शूल्क लिनपनि आग्रह गरेको छ । उनीहरुले शुल्क खारेजीको माग सहित महाराजगञ्ज चिकित्सा क्याम्पसका प्रमुखलाई भेटर ज्ञापनपत्र पनि बुझाएका छन् । 

Last modified on 2017-06-18 14:40:03

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts