बेहोस नै नगरी मेरुदण्डमा च्यापिएका नशाको शल्यक्रिया गरिन्छ (भिडियो सहित)
मेरुदण्ड वा ढाडमा नशा च्यापिने समस्या दिनानुदिन बढ्दो छ । प्रायः जसो मानिसमा यस्तो समस्या पाइन्छ, आजकाल । के कारणले यस्तो समस्या आउँछ ? यसबाट मुक्ति पाउन के गर्ने ? डाक्टर अभय यादव भन्छन्ः
नेपालीको जीवनशैली, खानपान र कामका कारण ढाडमा नशा च्यापिने समस्या अधिकांशमा छ । नशा च्यापिने समस्यालाई निकै भयावह मानिन्छ । कारण नेपालको सन्दर्भमा अहिलेसम्मको उपचार पद्धतिमा नशाको शल्यक्रिया नै बढी प्रयोगमा आएको पाइन्छ । च्यापिएको नशालाई खुकुलो बनाउन या खुलाउन कतिपय अवस्थामा हड्डी काट्नु पर्ने हुन्छ । यसले गर्दा पनि नशा च्यापिनेलाई झन्झटिलो र महंगो रोग मानिन्छ ।
अहिले नेपालमै पहिलो पटक बेहोसनै नगरिने वा कुनै चिरफार नै नगरी शल्यक्रिया गरेर च्यापिएको नसा खुलाउने प्रविधि आएको छ ।
डा. यादवका अनुसार नसा च्यापिने प्रमुख कारण यस्ता छन् :
नशा च्यापिने समस्या उमेर बढ्दै गएपछि मात्र हुन्छ भन्ने धारण छ । त्यसो हैन, यो त सबै उमेर समुहका मानिसमा देखा पर्छ । तुलनात्मक रुपमा बच्चाहरुमा भने यो समस्या केही कम हुन्छ ।
- लामो समयसम्म उभिएर काम गर्नु ।
- बढी निहुरिएर काम गर्नु ।
- मोटोपना ।
- बढी कम्प्युटर वा कुर्सिमा बसेर काम गर्नु ।
- विलाशी जीवनशैली ।
- अस्वस्थकर खानपान ।
- जुन सुकै काम गर्दा पनि लगातार ढाडमा प्रेसर पर्ने गरी गर्नु ।
नशा च्यापिएको लक्षण :
- ढाडमा सोला हाने जसरी दुख्ने ।
- ढाड निरन्तर दुखिरहने ।
- हात, खुट्टा दुख्ने, झम्झमाउने ।
नशा च्यापिनबाट जोगाउने उपाय :
- नियमित व्यायाम गर्ने ।
- लामो समय सवारी चलाउँदा वा कुनै पनि काम गर्दा घण्टा घण्टामा एकछिन आराम गर्ने ।
- शरीरलाई चलायमान राख्ने ।
- उमेर अनुसार तौल नियन्त्रणमा राख्ने ।
- नशा च्यापिएको शंका लागे वा कुनै लक्षण देखिने बित्तिकै चिकित्सककोमा जाने ।
यसरी गर्ने बेहोस नै नगरी शल्यक्रिया :
सबैभन्दा पहिले चिकित्सकले कसरी, कहाँ, कति वटा नशा च्यापिएको छ भनेर भिडियो एक्सरे गरेर हेर्ने । त्यसपछि त्यहाँ देखिए अनुरुप छाला लठ्याउने र सानो प्वाल पार्ने । त्यहीँबाट दूरवीन छिराएर नशा के कसरी च्यापिएको छ ? खुलाउन के गर्ने स्पष्ट हुन्छ । र विशेष उपकरणले त्यसलाई पन्छाएर शल्यक्रिया गरिन्छ ।
यो उपचार पद्धतिलाई दूरवीन पद्धति भनिन्छ । यसरी च्यापिएका नशा खुलाउँदा चिकित्सक र बिरामी दुबैले प्रोजेक्टरमा हेर्दै शल्यक्रिया गरिन्छ ।
यो उपचार पद्धति आर्थिक, मानसिक, समय सबै हिसाबले सर्वसुलभ मानिन्छ । शल्यक्रिया गरेपछि बिरामीले लामो समय आरममा बस्नु पर्दैन । तर पोषणयुक्त खानपानमा ध्यान दिनु उपयुक्त हुन्छ ।
विकसित देशमा यो पद्धति निकै लामो समय र लोकप्रिय भएपनि नेपालमा भने अहिले बयोधा अस्पतालमा डाक्टर यादवले पहिलो पटक बेहोसै नगरि नशा च्यापिएको दूरवीनको पद्धतिबाट शल्यक्रिया गर्न सुरु गरेका हुन् ।
भिडियो हेर्नुस् ।
1 Comments
-
मेरो श्रीमानको पनि ढाड दुख्ने रोगले सताको कारण के कसरी उपचारका पाटा अपनाउदा होला कृपया जानकारी पाउन र हजुर हरुको हस्पिटल समर्क नम्बर लोकेसन सहित दिनुहुन हार्दिक अनुरोध गर्दछु ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>