मस्तिष्कघातका बारेमा जान्नैपर्ने कुरा 



Download our app to get more features

स्तिष्कघात एउटा यस्तो कमजोरीको अचानक विकास हुनु हो जुन मस्तिष्कका विशेष भागहरुमा रगतको प्रवाहमा बाधा पर्नाले हुन्छ । यो बाधा या त रक्तनलीमा अवरोध उत्पन्न हुनाले वा रक्तश्रावको कारणले हने गर्दछ  । (जस्तै: पक्षघात) 
हृदयघात (Ishaemic Stroke)  मुटुका रक्तनलीमा रगतको थेग्रो जम्न गई रक्तनली पूर्णरुपले बन्द हुनाले यो अवस्था  विशेष गरी मुटुको धड्कनमा हुने गडबडीका कारण हुने गर्दछ । (Atrial fibrillation) रक्तनली फट्नुका कारण मस्तिष्कका रगत जम्दछ र सुनिन थाल्छ । सो जमेको रगतले मस्तिष्कमा प्रमुख भागहरुलाई थिच्ने गर्दछ । उच्च रक्तचाप, मुटुको धड्कनमा हुने गडबडी, रगतमा बढी चिल्लोपना (High Fat) र मधुमेह जस्ता रोगहरुले हृदयघात (Ishaemic Stroke) हुने जोखिमलाई बढावा दिन्छ । त्यस्तै गरी धुम्रपान गर्नुपनि यो रोगको एउटा प्रमुख कारक तत्व हो । 

अनियन्त्रित उच्च रक्तचापका कारण मस्तिष्कभित्र रक्तनली फट्न गई रक्तश्राव हुन सक्छ । यसबाहेक अन्य कारक तत्वहरुमा टाउकोमा चोट लाग्नु, साधारण तरिकाबाट रगत जम्ने प्रवृतिलाई कम गर्ने (Ishaemic Stroke) खालका औषधिको सेवन गर्न मस्तिष्कका रक्तनलीहरुको संरचात्मक त्रुटि (aneurysms) आदि हुन् । मस्तिष्कका विभिन्न भागहरुले शरीरका विभिन्न अङ्खहरुको नियन्त्रण गर्ने हुनाले, विशेष लक्षणहरुले मस्तिष्कको कुन भागमा असर परेको छ भन्ने कुराको निर्धारण गर्दछ ।

सामान्यतया देखापर्ने लक्षणहरु निम्न प्रकारका छन् 
१. अचानक गम्भीर रुपमा टाउको दुख्नु
२. अचानक कमजोरी महशुस गर्न र शरीरको कुनै अङ्ख (जस्तैः पाखुरा वा खुट) वा शरीरको पूरै एक भाग (जस्तैः शरीरको पूरै दाहिने वा देब्े भाग) चलाउन नसक्नु
३. मुखको एक भाग एकातिर बाङ्खगिन
४. बोल्न नसक्नु
५. दिसा—पिसावमा नियन्त्रण नहुनु

मस्तिष्कघात एउटा आपतकालीन रुपमा उपचार गर्नुपर्ने अवस्था हो । यस्तो अवस्थामा बिरामीलाई तुरुन्तै अस्पताल लानुपर्दछ र जतिसक्दो चाँडो उपचार शुरु गरिहाल्नु पर्दछ । 
यो रोग बिस्तारै निको हुने भएकोले लामो समय लाग्दछ र सो अवधिमा बिरामीको राम्रोसँग हेरबिचार गर्नु पर्दछ । यसो गरेमा बिरामीलाई विभिन्न जटिलताहरु जस्तै संक्रमण (निमोनिया) र bedsores बाट बचाउन सकिन्छ । 
सन्चो भइरहको समयमा बिरामीको पोषणमा पनि बिशेष ध्यान दिनुपर्दछ । 

तपाईंले मस्तिष्कघातको रोकथाम र व्यवस्थापन कसरी गर्नु सम्झनुहुन्छ ?
१. आफनो जीवनशैलीलाई परिर्वतन गर्नुहोस्ः
नियमित शारीरिक व्यायाम गर्ने, धुम्रपान नगर्ने
२. उच्च रक्तचनप, मधुमेह, उच्च कोलेस्टेरोल (cholesterol) र मुटु सम्बन्धी समस्याहरुको जाँच गराउनुहोस् । यदि यसमध्ये कुनै समस्या भएमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुहोस् ।
३. मस्तिष्कघात भएको बिरामीको हेरचाह कसरी गर्ने भन्ने बारेमा स्याहार सुसार गर्ने व्यक्तिले चिकित्सकसँग सल्लाह लिनुपर्दछ । यसका साथै उनीहरुले तुरुन्तै औषधि उपचार (medical attention) आवश्यक पर्ने खतराका चिन्हहरुबारे पनि थाहा पाउनु पर्दछ (जस्तैः श्वास फेर्न गाह्रो हुनु आदि) ।

Last modified on 2017-06-18 14:47:23

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts