स्वास्थ्य ऐनको विधेयक तयार, जनस्वास्थ्यका सबै मुद्दा सम्बोधन गरिने दाबी
काठमाण्डौ, २ बैशाख । संविधानले सुरक्षित गरेको प्रत्येक नागरिकको स्वास्थ्य सेवा पाउने मौलिक हकको सुनिश्चितताको लागि भन्दै स्वास्थ्य मन्त्रालयले ‘स्वास्थ्य ऐन २०७३’ ल्याउने भएको छ ।
स्वस्थ जीवनस्तर प्रवद्र्धन र स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापन गर्न ल्याउन लागिएको ऐन कस्तो बन्ने भनेर मन्त्रालयले विभिन्न सरोकारवालासँग छलफल गरेर अन्तिम मस्यौदा तयार पारेको छ । मस्यौदा समितिका संयोजक डा. पदम बहादुर चन्दले जनस्वास्थ्य ऐन स्वास्थ्य क्षेत्रका सम्पूर्ण एनेको छाता ऐनको रुपमा ल्याउने तयारी गरिएको बताए । संविधानले सुनिश्चित गरेको जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई कार्यान्वयन गर्न जनस्वास्थ्य ऐनको आवश्यकता खड्किएको बताउँदै उनले जनस्वास्थ्यका सम्पुर्ण मुद्दाहरु सम्बोधनका विषयलाई ऐनमा व्यवस्था गर्ने मन्त्रालयको तयारी रहेको जानकारी दिए ।
मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. किरण रेग्मीले उक्त ऐनको ल्याउन २०६८ सालदेखि नै कसरत भइरहेपनि बल्ल ऐनको तयारी पुरा हुन लागेको भन्दै खुसी ब्यक्त गरिन । नेपालको संविधान २०७२ को धारा २७६ बमोजिम यो ऐन बनाउन लागिएको हो । ऐनमा जनस्वास्थ्यसँग प्रत्यक्ष असर पार्ने स्वच्छ, सुरक्षित वातावरण, स्वच्छ खानेपानी र खाद्यानको उपभोग मार्फत व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक विकास मार्फत स्वच्छ र सवल समाज निमार्ण गर्न गुणस्तरीय स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने भनिएको छ ।
ऐनलाई अन्तिम रुप दिन मन्त्रालयले विभिन्न स्वास्थ्य क्षेत्रका विज्ञहरुको सुझाव लिइरहेको छ । ऐन तयार गर्दै गर्दा फेरी पनि महत्वपूर्ण ऐन छुट्न जादा नीति नै कमजोर हुने अवस्था आउन नदिन मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिसँगको छलफललाई तीव्र बनाएको छ ।
2 Comments
-
The draft act should be made available to public for their feedback..
-
मलाइ लाग्छ सरकारले पहिला स्वास्थ्य चौकिमा सिटामोल को व्यब्सथा गर्नु पर्ला कुराले मात्र केहि हुदैन
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।