२६ वर्ष सम्म स्टोर गरेर राखिएको स्पर्मबाट जन्मियो जुम्ल्याहा बच्चा



Download our app to get more features

२६ वर्ष भन्दा बढी समयसम्म स्टोर गरेर राखिएको स्पर्मबाट एक दम्पतीले सन्तान सुख प्राप्त गरेका छन् ।

यो एक विश्व रेकर्ड पनि बनेको छ । योभन्दा पहिले २३ वर्ष पहिला सम्म फ्रोजन गरिएको स्पर्मको माध्यमले बच्चालाई जन्म दिइएको थियो । तर, भर्खरै २६ वर्षको फ्रोजन स्पर्मबाट  बच्चाको जन्म भएपछि निकै लामो समय पछि चिकित्सा क्षेत्रमा एक नयाँ आशा पलाएको छ ।

स्कटल्याण्डका एक म्यूजिसियनले २१ वर्षको उमेरमा आप्mनो स्पर्म स्टोर गराएका थिए र त्यही फ्रोजन स्पर्मको माध्यमबाट उनी ४७ वर्षको उमेरमा बुबा बन्न सकेका छन् । स्कटिश म्यूजिसियन क्यान्सर रोगि हुन् । कीमोथेरापी भन्दा पहिले डक्टरहरुले नै उनलाई भनेका थिए यो थेरापीपछि उनको प्रजनन क्षमता प्रभावित हुन सक्छ । अथवा हुन सक्छ किमोथेरापीको प्रभावले गर्दा तपाईँ कहिल्यै बुबा नबन्न सक्नु हुन्छ । त्यसपछि चिकित्सक कै सल्लाह अनुसार म्यूजिसियनले आफ्नो स्पर्म स्टोर गराएका थिए । उक्त जम्मा गरिएको स्पर्मको  कारण नै म्यूजिसियन की ३७ वर्षीय श्रीमती सन् २०१० मा गर्भवति भइन् ।

नाम नबताउने शर्तमा म्यूजिसियनले एक पत्रिकालाई दिएको जानकारी अनुसार उनको जीवनमा भएको यो सफलताले प्रमाणित भएको छ लोमो समयसम्म स्टोर गरेर राखिएको स्पर्मबाट पनि स्वस्थ बच्चालाई जन्म दिन सकिन्छ । म्यूजिसियनलाई जुम्ल्याहा बच्चा भएकोमा एकजना छोरी र अर्को छोरा । फ्रोजन स्पर्मबाट जन्मेको यी दुबै बच्चाहरु  स्वस्थ छन् ।

म्यूजिसियनको उमेर अहिले ५४ वर्ष छ । यो रेकर्डको बारेमा उनी भन्छन् , “मलाई थाहा थियो मैले विश्व रेकर्ड बनाएको छु , तर म कसैको सामु आउन चाहन्न थे ।” हुन त यो भन्दा पहिले यस्तै घटनामा एलेक्स पावेलको नामबाट यो रेकर्ड थियो, जसले आफ्नो स्पर्मलाई २३ वर्षसम्म फ्राजेन गरेर राखेका थिए र यो घटनाको चर्चा पुरै विश्वमा भएको थियो ।

स्कटिश म्यूजिसियन भन्छन्, ’कीमोथेरापीको प्रक्रियाका लागि आफूलाई तयार पारिरहेकाहरुलाई यो एक राम्रो खबर हुन सक्छ ।’ म्यूजिसियनको उपचार गर्ने जीसीआरएम मेडिकल क्लिनिकका निर्देशक मार्कोका अनुसार, मानवको स्पर्मलाई अनिश्चित काल सम्मका लागि स्टोर गर्न सकिन्छ भने ह्यूमन फर्टिलाइजेशन एन्ड एम्ब्रोलोजी अथोरिटीले स्पर्मलाई ४० वार्ष भन्दा बढी समयसम्म स्टोर गर्न सकिन्छ भनेर दावी गरेका छन् । उसो जरुरी छैन कि सबै स्पर्म लामो समय सम्म जीवित नरहन पनि सक्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-18 14:50:34

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts