ओम अस्पतालले सुरु गर्यो सन्ध्याकालिन ओपिडी



Download our app to get more features


काठमाण्डौं, ३१ चैत। चावहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले सन्ध्याकालिन ओपिडी सेवा सुरु गर्ने भएको छ ।

अस्पतालले पत्रकार सम्मेलन गर्दै सेवाग्राहीहरुलाई सरल तथा सहज ढंगले गुणस्तरीय सेवा दिन भन्दै सन्ध्याकालिन ओपिडी सेवा सञ्चालन गर्ने लागेको जानकारी दिएको छ ।

सन्ध्याकलिन ओपडी सेवामा जनरल मेडिसिन, अर्थोपेडिक (हाडजोर्नी), कार्डियोलिोजी (मुटु रोग), गाइनोकोलोजी (स्त्री रोग), बाल रोग लगायतका सेवाहरु उपलब्ध गराइने छ । सेवाग्राहीको माग अनुसार सन्ध्याकालिन ओपिडी सेवामा क्रमशःअन्य सेवाहरु पनि विस्तार गरिँदै लैजाने अस्पतालका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए ।

साथै, अस्पतालले मिर्गौला रोग पीडितहरुलाई लक्षित गर्दै निशुल्क डायलसिसका लागि आवश्यक प्रक्रिया समेत सुरु गरेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

त्यस्तै अस्पतालमा डाइजेस्टिभ डिजिज सेन्टर,  डिजीटल मेमोग्रयाफी, स्ल्पि ल्याब जस्ता अत्याधुनिक सेवाहरु पनि सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।

श्रमजीवी पत्रकारहरुका लागि समेत अस्पतालले रोगको प्रकृति हेरी केही छुटको व्यवस्था गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।

Last modified on 2017-06-18 15:05:24

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts