क्यान्सरको पीडामा छटपटिएका जनकको उपचारका लागि सात लाख रकम सङ्कलन



Download our app to get more features

कञ्चनपुर, ३१ चैत । शुक्लाफाँटा नगरपालिका–१० का क्यान्सरबाट पीडित जनक शाहीको उपचारका लागि सात लाख सङ्कलन भएको छ । 

‘गुडलक फाउन्डेसन नेपाल’ले थालेको जनक शाही बचाऊ अभियानअन्तर्गत देश–विदेश र साङ्गीतिक कार्यक्रममार्फत उपचारका लागि सो रकम सङ्कलन गरिएको हो । फाउन्डेसनका संयोजक भाष्कर भट्टका अनुसार विदेशबाट एक लाख ५४ हजार, साङ्गीतिक कार्यक्रम र सहयोगीबाट रु पाँच लाख ५६ हजार सङ्कलन भएको छ । 

“शाहीको उपचार गर्न रु २० लाखदेखि रु २५ लाख लाग्ने भएकाले रकम सङ्कलनमा जोड दिएका छौँ”, भट्टले भने । शाहीको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार भइरहेको छ । 

Last modified on 2017-06-18 15:06:02

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts