बच्चामा हुने पिसाव संक्रमणले मिर्गौलासमेत बिग्रन सक्छ (भिडियो सहित)



Download our app to get more features

काठमाण्डौ । रोग प्रतिरोधात्मक क्षमता कम र सहजै वातवरणमा समायोजन हुन गाह्रो पर्ने भएकाले पनि बच्चाको उमेरलाई जटिल उमेरावस्था पनि भन्ने गरिन्छ । बच्चामा देखिने धेरै समस्यामध्ये पिसाबको इन्फेक्सन पनि एक हो । विशेषगरी बच्चालाई पिसावको संक्रमण (इनफेक्सन) किन हुन्छ ? यसबाट बालबच्चलाई कसरी जोगाउने ? बालरोग विशेषज्ञ डाक्टर विवेक तोदीका सुझाव यस्ता छन्:

बच्चामा पिसाबको इन्फेक्सन पटक पटक देखिने समस्या हो । पिसाब इन्फेक्सन भएको कति अभिभावकले त थाहै पाउँदैनन् । कतिपयले थाहा पाएपनि हेलचेक्रार्इं गर्छन् ।  तर, हेर्दा सामान्य लागेपनि यसको बेलैमा उपचार गरिएन भने मिर्गौला बिग्रने लगायतका गम्भीर प्रकृतिका रोग लाग्न सक्छन् । पिसाब पहेँलो देख्दैमा वा पोल्दैमा इन्फेक्सन हुन्छ भन्ने छैन । यो त विशेष ल्यावमा विशेषज्ञद्धारा परीक्षण गरेपछि मात्र थाहा हुन्छ । 

पिसाव इन्फेक्सन हुने प्रमुख कारणः
१.बालिकाको दिसा धुँदा हात पछाडीबाट अगाडी लानु ।
२.बालकको लिंगको टुप्पोको मासु पछाडी फर्कीएको हुनु ।
३.बनावटी कारण (पुरुष वा महिलाको जस्तो स्पष्ट  लिंग नछुटिनु )
४.५–७ वर्षको उमेर हुँदा पनि ओछ्यानमा पिसाब फेर्नु ।
५ वंशाणुगत गुण ।

इन्फेक्सनका लक्षण 
१.जरो आउने ।
२.पिसाब छिटो छिटो, थोरै थोरै गर्ने ।
३.बान्ता हुने  ।
४.पखाला लाग्ने ।
५.पेट दुख्ने । (सानो बच्चाहरु मडारिएर रुने)
६.बुझ्ने बच्चा भए पिसाब पोल्यो भन्ने । 

इन्फेक्सनबाट बचाउने उपाय:
१.बालिकाको दिसा वा पिसाब धुँदा हात अगाडिबाट पछाडीतिर लैजाने ।
२.बालकको लिंगको टुप्पोको छाला पछाडी फर्किएको छ भने, चिकित्सकको सल्लाहमा बिस्तारै अगाडी ल्याउने प्रयत्न गर्ने ।
३.बच्चाको गुप्तांग सधै सफा राख्ने ।
४.संभव भएसम्म ड्राइपर धेरै नलगाउने । यदि लगाए पनि पिसाब फेरेको लामो समयसम्म नराख्ने ।
५.बच्चाको तल लगाइदिने लुगा एक पटक पिसाब फेरेपछि धोएर मात्र लगाइदिने ।
६.जथाभावी औषधिको प्रयोग नगर्ने ।
७.सफा पानी प्रशस्त पिलाउनुको साथै स्वस्थ खाना खुवाउने ।

माथिका कुनै पनि लक्षण देखिए तुरुन्त चिकित्सककोमा लैजानु पर्छ । बेलैमा साबधानी नअपनाए पिसाब थैलीमा समस्या आई अन्य जटिल रोग निम्तन सक्छ , त्यसतर्फ अभिभावक चनाखो नरहे पछुताउनु बाहेक कुनै विकल्प रहँदैन ।

भिडियो हेर्नुहोस्

Last modified on 2017-06-18 15:15:34

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts