विश्वकी सबैभन्दा मोटी महिलाको अर्को अप्ररेशन पनि सफल



Download our app to get more features

एजेन्सी । विश्वकी सवैभन्दा मोटी महिला इमान अहमदको २ सय ४२ किलो तौल कम गर्नमा चिकित्सक सफल भएका छन् ।

इजिप्टबाट आफ्नो पाँच सय किलो तौलको शरीर लिएर भारतको मुम्बई आएकी इमानको सैफी अस्पतालमा महिलाको उपचार भइरेको छ । उनको उपचारमा संलग्न चिकित्सकको एक टीमका अनुसार भारत आएपछि उनको तौल २ सय ७० किलोसम्म कम भएको छ । भारत गएको समयमा उनको तौल पाँच सय किलो थियो ।

अप्रेशन पछि तौल आधाभन्दा कम भएको छ । डाक्टरहरुका अनुसार अप्रेसनपछि यी महिलालाई दिनको दुई घण्टा फिजियोथेरापी गर्न लगाउने गरिएको थियो जसका कारण उनको तौल कम भएको हो ।

Last modified on 2017-06-18 15:16:08

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts